Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
Next
Prev

साहारा क्लब वार्षिकोत्सवमा ममता तामाङ र अर्जुन थापाको प्रस्तुति

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री (कास्की)


पोखरा – साहारा क्लबको २७औं वार्षिकोत्सवको अवसरमा महाशिवरात्रिका दिन गायिका ममता तामाङ र कलाकार तथा पत्रकार अर्जुन थापाले सांगीतिक प्रस्तुति दिने भएका छन्।


करिब दुई दशकदेखि पत्रकारिता र कलाकारितामा सक्रिय अर्जुन थापा पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त छन्। उनले विभिन्न नाटक तथा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका छन्। यस पटक आफ्नै गाउँमा प्रस्तुति दिने अवसर पाउँदा आफू निकै खुसी रहेको उनले बताए।


गायिका ममता तामाङ पनि हाल व्यस्त कलाकारको रूपमा परिचित छिन्। उनको “मेरी भूपू मायाले” गीत युट्युबमा अत्यधिक रुचाइएको थियो। उनका अन्य चर्चित गीतहरूमा “काफलु दाना” र “माकुरीको जाल” रहेका छन्, जसमा टिकटक, फेसबुक र इन्स्टाग्राममा धेरै प्रयोगकर्ताले भिडियोहरू बनाएका छन्। आफूलाई प्रकृतिप्रेमी बताउने तामाङले पहिलो पटक बागलुङको अर्जेवा जान पाउँदा खुसी लागेको बताइन्।


कार्यक्रम संयोजक रोशन क्षेत्रीका अनुसार कार्यक्रमलाई भव्य र सफल बनाउन दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist