✍️ विशाल न्यौपाने
साहित्यजसेवि देवीसरा सुनारको बन्दीपुरको विशेषता परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
जरो टुप्पो साहित्य संरक्षण समिति कास्कीका सचिव मदन भण्डारीले साहित्यकारलाई आगामी दिनहरुमा अझ साहित्यिक सृजना बढाउनु हुनेछ भन्ने शुभकामना दिनुभयो।

साहित्यसेवि देवीसरा सुनारकी छोरी सीता सुनारले बृद्धा अबस्थामा पनि आफनो गाउँको बारेमा लेख्नु भएको र उहाँको हौसला बढाउनुपर्ने साथै प्रौढ शिक्षा पढ्दा पनि उहाँ प्रथम हुनुभएको थियो। घरमा बस्दा पनि आमाले केही न केही खोलिरहनु हुन्थ्यो उहाँले बताउनुभयो।

साहित्यजसेवि देवीसरा सुनारको नाति प्रशान्त सुनारले आमा को हौसला बढाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।पुनम पोखरेलले साहित्यकारकाे साहित्यिक सृजनालाई शुभकामना दिदै उमेरले सृजनालाई नछेक्ने बताउनुभयो।

“म बन्दिपुरमा नै जन्मिएकी हु। त्यसैले मलाई बन्दीपुरको बारेमा लेखने धेरै चाहाना हुदा हुदै पनि पुस्तक लेख्न पायकि थिईन तर संयोग मिलेर मैले यो पुस्तक लेख्न पाए। प्रौढ शिक्षा पढेर सामान्य लेखपढ गर्न सकेकी हुँ र यो पुस्तक लेखेकी हुँ। मेरो पुस्तक बजारमा बिके पनि नबिके पनि म एउटा इतिहास बनाउन चाहान्छु” देवीसरा सुनारले बताउनुभयो।

प्रमुख आतिथी अनेसासका अध्यक्ष दुर्गा शाह ‘बाबा’ले काम गर्ने मानिसलाई उमेरले रोक्दैन यस्तै उदहारण देवीसरा सुनार हुनुहुन्छ,उमेरले ८० कटे पनि बन्दीपुर को विशेषता पुस्तक लेख्नुभएको छ, त्यो उहाँको ठुलो सफलता हो ।

मानवअधिकार पत्रकार संघ गण्डकी समितिका अध्यक्ष असफल गौतमले साहित्यकारलाई शुभकामना दिदै साहित्यकारबाट आफुले धेरै कुरा अनुशरण गर्नुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन मानव अधिकार पत्रकार संघ गण्डकी समितिका महासचिव सुशील श्रेष्ठले गर्नुभएको थियो।