✍️ अजय क्षेत्री
हाम्रो कास्कीकोट युवा सञ्जालको सातौं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम-२०८० मा २७ युनिट रगत सङकलन भएको छ ।
उक्त कार्यक्रममा चन्द्रेस्वर वस्ताकोटी,मिलन अधिकारी,सूर्य बहादुर परियार,मोहन सुवेदी,साधना पराजुली,पुनम परियार,गणेश भक्त वस्ताकोटी,रिमला अधिकारी,माया नेपाली,सोमनाथ अधिकारी,विष्णु वहादुर देवकोटा,नर वहादुर नेपाली,नर वहादुर वि. क,मिलत देवकाटा,दुर्गा वहादुर नेपाली,हेम सुवेदी,हरि नेपाली,हेकेन्द्र पौडेल,सरोज जि.सी,अर्जुन बहादुर अधिकारी, विश्वास तिमिल्सिना ,सिष्टता चापागाई,शेखर अधिकारी,लक्ष्मण वस्ताकोटी ,सुर्य भट्टराई ,सीता तिमिल्सिना र विशाल तिमिल्सिना गरि जम्मा २७ जना दाता ले रक्तदान गर्नु भएको थियो ।
उक्त कार्यक्रम को संचालक कार्यक्रम संयोजक तिर्थ राज अधिकरी ले गर्नु भयो भने उद्घाटन सञ्जालका संयोजक विशाल ले पहिलो दाता लाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम अगाडी बढाएका थिए । यस्तै आजै को दिन नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ |शेखर अधिकारी संयोजक रहेको उक्त कार्यक्रममा सस्थाका सह-संयोजक अर्जुन बहादुर अधिकारीले स्वागत मन्तव्यका साथै जनप्रतिनिधि रेशम सुवेदी, कृष्ण प्रसाद सुवेदी,सरस्वती गौतम त्रिपाठी र माया नेपालीले आफ्नो धारणा राख्नु भएको थियो ।
निर्णायक संयोजक सीता तिमिल्सिनाले सहभागीहरुको प्रस्तुति एक्दमै उत्कृष्ट भएको समेत जनकारी गराउनु भयो । २२ जना सहभागिता मध्य करुणा अधिकारी प्रथम, नेन्सी परियार द्वितीय र प्रमिला अधिकारी तृतीय भएको जानकारी कार्यक्रम सह-संयोजक सुर्य भट्टराईले बताउनु भयो।
कार्यक्रमको समापन गर्दै संयोजक विशाल तिमिल्सिना ले आगामी दिन हरु मा पनि विभिन्न कार्यक्रम गर्दै अझै परोपकारी कार्यमा जोड्दै सस्थालाइ चलायमान गराउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।