Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

होटल व्यवस्थापन अध्ययनको आकर्षक गन्तव्य:हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्ट

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,२२ पुस । अध्ययन पश्चात हाेस् वा तालिम लिईसकेपछि रोजगार पाउन र स्वरोजगार बन्न सजिलो हुने होटल व्यवस्थापनको तालिम प्रदायक संस्था हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले पछिल्लो समय सबैको मन जित्दै आईरहेको छ । यस कलेजबाट छोटो र लामो अवधि, स:शुल्क र नि:शुल्क सबै गरि करिब ७,५०० विद्यार्थीहरु दिक्षित भईसकेका छन् । यो कलेज विगत १३ वर्षदेखि पोखराको नयाँवजारमा निरन्तर सञ्चालनमा रहेको छ । याे नेपाल सरकार, सिटिईभिटी र बेलायतको प्रतिष्ठित ट्रेनिङ क्वालिफिकेशन (TQUK) बाट सम्बन्धन प्राप्त होटल तालिम प्रदायक संस्था हो ।


हाल क्यानडाको प्रतिष्ठित रेष्टुरेण्टमा कार्यरत विनोद गुरुङ्गले राम्रो कमाई, रोजगारी तथा स्वरोजगारीको प्रचुर सम्भावना र अवसर, सामाजिक प्रतिष्ठा लगायत धेरै अर्थमा होटल व्यवस्थापन विषय अत्यन्त उपयोगी भएको र यी सबै कुराहरु हिमालयन कलेजबाट मात्र सम्भव भएको बताए । कसैले डिप्लोमा अथवा छोटो अवधिका कुनै पनि होटल सम्बन्धी तालिम लिनु ईच्छा भएमा हिमालयन कलेज नै उत्कृष्ट गन्तव्य भएकाे उनकाे विश्वास छ ।


यस्तै बेलायतमा होटल व्यवस्थापकमा कार्यरत पुष्पा गुरुङले सानैदेखि होटेल व्यवस्थापन तथा अतिथि सत्कारमा रुचि भएकाले यो विषयको तालिम लिएको बताउँछिन् । उनी हिमालयन कलेजमै तालिमप्राप्त विद्यार्थी हुन् । उनले कलेजमा ६ महिने Commercial Cooking and Baking को तालिम लिएकी थिईन् ।


होटल व्यवस्थापन सिपसँग जोडिने भएकाले रमाइलो वातावरणमा हिमालयन कलेजमा तालिम लिन सकिने उनको अनुभव छ । उनले तालिमका लागि तालिम दिने मात्र नभएर स्वरोजगार बन्न र रोजगारीको अवसर दिन समेत निरन्तर सुझाव, सल्लाह र सहयोग गर्ने भएकोले आफ्नो रोजाई नै हिमालयन कलेज भएको बताईन्।


यस्तै हिमालयन कलेजमा डिप्लोमा इन कुलीनरी आर्टस (Diploma in Culinary Arts ) को तालिमपश्चात बेलायतमा होटल व्यवस्थापनमा कार्यरत मदन लामिछानेले सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवैलाई महत्व दिएर तालिम प्रदान गर्ने संस्था भएकोले आफुले हिमालयन कलेज नै रोजेको बताउँछन् । र, तालिमपश्चात युकेमा रोजगार पाउन सफल भएको बताउँछन् ।


यी त प्रतिनिधी पात्र हुन् । यस संस्थाबाट तालिम प्राप्त अन्य विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न होटल, रिसोर्टस, हवाइ जहाज तथा पानी जहाजमा रोजगार गरिरहेका छन् भने कतिपयले पोखरा, काठमाण्डौ, दाङ, नेपालगंज, अष्ट्रेलियाको सिड्नी, मलेसियाको क्वलालम्पुर लगायत विभिन्न शहरमा होटल तथा रेष्टुरेण्टहरु सञ्चालन गरिरहेका छन् । साथै केहि विद्यार्थीहरु होम-स्टे सञ्चालन गरिरहेका छन् भने केहिले तालिम प्रदायक संस्था चलाईरहेका छन् ।


यसक कलेजबाट तालिम लिई राेजगारी प्राप्त तथा स्वराेजगार बन्न सफल विद्यार्थीहरु होटल क्षेत्रमा आफ्नो भविष्य समर्पित गर्ने चाहना हिमालयन कलेजले पुरा गरेको बताउँछन् । उनीहरुले होटल सम्बन्धी तालिम लिएता पनि यस क्षेत्रमा छिर्न नै गाह्राे भएका आफ्ना साथीहरुको अन्यौलतापूर्ण अवस्था देख्दा हिमालयन कलेज नै आफ्ना विद्यार्थीहरुको भविष्यसँग संवेदनशिल भई रोजगारीको लागि उत्कृष्ट गन्तव्यसम्म पुर्याउन अहम भुमिका खेल्ने कलेज नै हिमालयन कलेज भएकाे बताउँछन् ।


आफ्ना विद्यार्थीहरुकाे सन्तुष्टि नै संस्थाको उद्देश्य अनुरुपको सफलता मान्छन् कलेजका सञ्चालक ज्ञानबहादुर राना । होटल व्यवस्थापन अध्ययनको क्षेत्र फराकिलो भएकाले पनि उत्पादित जनशक्ति विश्वबजारमा समेत ठुलो माग रहेको तथा कार्यदक्षता अपरिहार्य रहेको उनको भनाई छ ।


कलेजले तालिमसँगै स्वदेश तथा विदेशका तारे होटलहरुमा इन्टर्नसीपको व्यवस्था गरेको छ । ‘हामीले विद्यार्थीहरुलाई भविष्यमा स्वदेश तथा विदेशमा रोजगारीको लागि सहज होस् भन्ने उद्देश्यले प्रख्यात संस्थाहरुबाट सम्बन्धन लिएका छौं।’ कलेजका सञ्चालक रानाले भने,– ‘तालिम पश्चात् रोजगारी वा स्वरोजगरिमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक सहजीकरण गरि क्यानाडा, बेलायत, जापान, दुबई, मलेसिया, आदि देशहरुमा रोजगारीको व्यवस्था समेत गर्ने गरेका छौं ।’ उनले सिपमूलक शिक्षा भएकाले कलेजबाट उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्ने बताए ।


हिमालयन कलेजमा होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्ने कलेज सञ्चालकको विश्वास छ । बढ्दो सामाजिक संजालकाे प्रयोग मार्फत प्राप्त हुने विज्ञापनमा विश्वास गर्नुपूर्व सम्वन्धित विषयमा तालिम प्रदान गर्ने तालिम प्रदायक संस्थाको गुणस्तरका बारेमा स्वस्अध्ययन गर्न कलेजका सञ्चालक रानाको सुझाव छ । होटल व्यवस्थापन क्षेत्रमा प्राविधिक सीपसँगै व्यक्तिको व्यवसायिक आचरण पनि महत्वपूर्ण हुने कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सोको ज्ञानसमेत दिईने उनको भनाई छ ।


यस संस्थाबाट सिटिईभिटी अन्तर्गतका ३९० देखि ७९२ घण्टा सम्मका विभिन्न विषयका तालिमहरु जस्तै कुकिङ्ग, आतिथ्य सत्कार, वेटर र वेट्रेस, वेकरी, वारिस्ता, बारटेण्डर आदि संचालित छन् भने Training Qualification UK,(TQUK)अन्तर्गतका १ वर्षे डिप्लोमाका विषयहरु होटल म्यानेजमेण्ट र प्रोफेशनल कुकरी छन् । यस कलेजमा सैद्धान्तिक सिकाईका लागि शान्त कक्षाकोठा हुनका साथै आधुनिक प्रयोगशाला, औजारहरु, दक्ष एवं अनुभवी शिक्षक र प्रशिक्षक विषयगत ज्ञान र सीप मात्र नभएर व्यवहारिक एवं व्यवसायिक ज्ञान पनि प्रदान गर्ने गरेकाले विद्यार्थीहरु तालिम पश्चात् रोजगारीमा सहज हुने विद्यार्थी तथा रोजगारदाताहरुको अनुभव छ ।


वर्तमान समयमा पर्यटन तथा होटल व्यवस्थापन क्षेत्र रोजगारीको आधारमा विश्वको सबै भन्दा ठुलो उद्योग हो । यो उद्योग अन्र्तगत होटल, रिसोर्टस, रेष्टुरेण्ट, वैंक्युटस्, क्लवस्, विभिन्न निकायका क्याण्टिनहरु, पानी जहाज, हवाइ जहाज, आदि हुने भएकोले होटल व्यवस्थापन क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढ्दो छ । अध्ययनपछि सजिलै रोजगारी पाउने भएकाले होटल व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढेको हो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist