Friday, May 9, 2025

आजको मिति: २०८२ बैशाख २६ ,शुक्रबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

तेन्जिद्वारा राष्ट्रिय किर्तिमान

Share on facebook
Share on twitter
Share on linkedin

काठमाण्डौका तेन्जिन नामदोल रायन गुरुङले दोश्रो बागमती प्रदेश खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । तेन्जिनले आज बिहान भएको हिटमा ५० मिटर ब्याकस्ट्रोको दुरी ३०.०५ सेकेन्डमा पुरा गरेका थिए । यस अघि उनकै नाममा ३१.३१ सेकेन्डको किर्तिमान कायम थियो । उनले यो २०१९ मा बेग्लोरमा आयोजना भएको १० औं एशियन उमेर समूहमा राखेको किर्तिमान हो ।
बुधबार ८ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ५० मि. ब्याकस्ट्रोकमा तेन्जिनले ३०.४२ सेकेन्ड समयका साथ स्वर्ण जिते । ललितपुरका अनुभव सुब्बाले रजत र काठमाण्डौका जाडेन श्रेष्ठले कास्य पाए ।
महिला तर्फ काठमाण्डौका आर्या महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । काठमाण्डौकै अनुसिया तण्डुकारले रजत र काठमाण्डौकै राभ्या श्रेष्ठले कास्य पाईन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीले आयोजना गरेको प्रतियोगिताको १०० मिटर ब्रेष्ट स्ट्रोकमा महिला तर्फ ललितपुरकी उपास्ती महर्जनले काठमाण्डौकी रोयल प्रजापतीलाई पराजित गर्दै स्वर्ण जितिन् । उनले उक्त दुरी १ मिनट २५.५० सेकेन्डमा पुरा गरिन् । काठमाण्डौकी राभ्या श्रेष्ठले कास्य पाईन् । पुरुष तर्फ ललितपुरका शेरेन सिंहले १ मिनट १५.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । काठमाणडैका सनिल कुमार थापा मगरले रजत र ललितपुरका लेसन डङ्गोलले कास्य पाए ।
१०० मिटर बटरफ्लाईमा पुरुष तर्फ अनुभव सुब्बाले स्वर्ण जिते । ललितपुरका उनले उक्त दुरी १ मिनट ५.१० सेकेन्डमा पुरा गरे । काठमाण्डौका युभान लाल श्रेष्ठले रजत र काठमाण्डौकै आयोन श्रेष्ठले कास्य पाए ।
१०० मिटर फ्रिस्टायलमा महिला तर्फ काठमाण्डौकी अनुशिया तण्डुकारले १ मिनट ४.३९ सेकेन्डका साथ स्वर्ण पाईन् । काठमाण्डौकी रोयल प्रजापतीले रजत र काठमाण्डौकी आर्या महर्जनले कास्य पाईन् । पुरुष तर्फ काठमाण्डौका तेन्जिन नामदोल रायन गुरुङले ५७.५८ सेकेन्डका साथ स्वर्ण जित्दा ललितपुरका अल्भिन महर्जन र सेरेन सिहले रजत र कास्य पाए ।
२०० मिटर ब्यक्तिगत मिड्लेको पुरुष तर्फको प्रतिस्पर्धामा काठमाण्डौका सनिल कुमार थापा मगरले स्वर्ण जिते । उनले उक्त दुरी पार गर्न २ मिनट २८.६७ सेकेन्ड समय लगाए । ललितपुरका अल्भिन महर्जनले रजत र काठमाण्डौका युभानलाल श्रेष्ठले कास्य पाए ।
प्रतियोगिताको दोश्रो दिन बिहिबार १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


नेपाल उपबिजेतामा सिमिति
नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ । आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो । समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।१२, २६।२४,  २०।२५ र २५।२१ ले पराजित भएको हो । अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ ।
अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २४।२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५।१६, २५।११, २५।१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेकोको ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist