नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा. लि. रहेको छ। यो नयाँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिश्री मोडले बिक्रीका लागी रहेका छन् ।
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख श्री डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा. लि का असिस्टेन्ट जनरल म्यानेजर श्री किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गर्नुभयो ।
सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोमेशन र साहसलाई परिभाषित गर्दछा पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनि सन् १९१९ मा टाईप ए १० एचपी ॥ बाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५०,००० भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो ठूला सवारी उत्पादक बनेको थियो। फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दी भन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको छ ।
सिटोन इंसिथिमा २९.२ केडबल्युएच व्याट्री छ ४२.५ किलोवाट मोटर पावर २ १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ। यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणिय अनुभव सुनिश्चित गर्दछ । एरोडाईनामिक्स मार्फत शैली र दक्षता दुवैमा थप सुधार ल्याउँदै भविष्यात्मक सुन्दरताले चिनिने सिट्रोनको डिजाइनले इनोभेशन र एस्थेटिक्सप्रति यस ब्राण्डको प्रतिबद्धतालाई प्रदर्शन गर्दछ। सिट्रोन ईसिथ्रिको एमिशन फ्री सञ्चालनले वातावरण राख्नमा योगदान पुयाउँछ, जसले ग्राहकहरूलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको-फ्रेन्ड्ली मोबिलिटीलाई अंगाल्न मद्दत गर्दछ। मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ, जसलेगर्दा सिट्रोन भारतमा बनेको सबैभन्दा कम मूल्यको ईभि बनेको छ ।
यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ। कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।
उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिटोनले आफ्नो आईस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छा फिल विथ भाइब प्याकेजसहित ३६. ४९ लाखमा पाइने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ। यो नया रिलिजले नेपाली ग्राहकहरूको प्राथमिकताहरू पूरा गर्न र कार बजारमा उत्कृष्ट मूल्य प्रदान गर्न सिट्रोन समर्पित छ भन्ने कुरा स्पष्ट बनाउँछ ।
सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क व्यापक बीमा लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्नेछन ।