Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • खेलकुद
  • समाचार
  • खेलकुद
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

१० औं राष्ट्रिय खेलकुदको छनौटप्रति खेलाडीका प्रश्नै प्रश्न, छनौट प्रक्रिया नसच्चिए तालाबन्दी सहित आन्दोलनमा उत्रने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा २१ असार


प्रदेश खेलकुद परिषद गण्डकीले आगामी मंसिरमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा गरेको खेलाडी छनौटप्रति स्वयम खेलाडीहरुले नै प्रश्न उठाएका छन् । अहिले गरिएको छनौट गडकी प्रदेशलाई खेलकुदमा चिनाउन र खेलाडी प्रतिभा पहिचना गर्न भन्दा पनि फ्रिज हुन लागेको बजेट सक्ने मेसो मात्रै भएको उनीहरुको आरोप छ ।



आईटीएफ तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सुदीप आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै खेलाडी छनौटप्रति तीब्र असन्तुष्टि जनाएका छन् । आचार्यसँगै रेफ्री राजन पौडेलले पनि असन्तुष्टी जनाएका छन् ।


सामाजिक सञ्जालमा एउटा पोष्ट हाल्दै लेखेका छन्,्, ‘राष्ट्रिय खेलकुद परिषदले कुन कुन खेल समाबेश गर्ने भनेर निर्णय नगर्दै गण्डकी प्रदेश खेलकुद परिषदले छनौट खेलहरु सन्चालन गर्दै छ त कि प्रदेश हरु मध्यमा प्रथम हुन खोजेको हो गण्डकी रु स्थानिय तह र जिल्ला स्तरका छनौट प्रतियोगिता गरेर प्रारम्भिक छनौट गर्ने पहिले को प्राबधान खारेज भयको हो र रु कि नया सम्रचनामा गएपछी यो गर्न नपर्ने हो कि रु जिल्ला खेलकुद बिकास समिती तथा जिल्ला खेलकुद संघ पनि केही कोहि बोल्दैनन त १ बुझिन मैले भुझाईदेउ कसै ले ?’


उनको पोष्टमा गरिएका कमेण्टहरुमा पनि असन्तुष्टि नै पोखिएको छ । फेसबुक प्रयोगकर्ता शिव अधिकारीले पौडेलको पोष्टमा कमेण्ट गर्दै बजेट सक्ने र भुँडी भर्ने बाटो भएको भन्दै, नौटंकी गरिरहेको र बिल मिलाउने काम भईरहेको लेखेका छन् । उनले कमेण्टमा प्रमाण चाहिए आफुसँग सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।


आफ्नो भिडियोमा आचार्यले भने, नवौं राष्ट्रिय खेलकुदमा विजोग भएको र १० औं राष्ट्रिय खेलकुद पनि असफल हुने चिन्ता व्यक्त गरेका छन् । खेलकुदको नेतृत्वदायी तहमा रहेका व्यत्तिःm राजनीतिक नियुक्तिबाट आउने भएकाले नेपालको खेलकुद बिग्रिएको आरोप उनको छ ।


उनले बजेट सक्न हतार हतार खेलडी छनौट गरेकाले यस्तै कारणले गर्दा प्रतिभावान खेलाडी पछाडी परेको आरोप लगाए । प्रदेश खेलकुद परिषदका अधिकारीले खेलाडी छनौट गर्न कति समय लाग्छ भन्ने ख्याल गर्नुपर्नेमा उनको जोड थियो ।



‘राष्ट्रिय खेलकुदका लागि खेलाडी छतौट गरिरहँदा कुन स्तरबाट खेलाडी छनौट गर्नुपर्छ भन्नेमा गम्भीर नबन्ने ?, प्रदेश खेलकुद परिषदले ल मलाई हप्ता १५ दिनपछि राष्ट्रिय खेलकुदका लागि खेलाडी दिनुस् भने, माग्दा कस्ता खेलाडी छनौट होलन् ?, खेलाडी छनौट गरेर दिईहाल्नुस् भन्दा खेलाडी छनौट हुन्छन् ?, यसका लागि समय चाहिँदैन ?, समयको मापदण्ड छैन ?’ उनले प्रश्नै प्रश्न गरेका छन् ।



खेलाडी तयार गर्न कति समय चाहिन्छ भन्ने ज्ञान खेलकुदसँग सम्बध अधिकारीहरुमा हुनुपर्ने आचार्यको भनाई छ । पैसाको लोभमा खेलसँघहरुले पनि हतार हतार छनौट गरेको हुनको भनाई छ । ‘सरोकारवाला निकायलाई कुन खेलको खेलाडी छनौट गर्न कतिसमय लाग्छ भन्ने चेत हुनु पर्दैन ?’ यनको प्रश्न छ ।
अहिलेको छनौट प्रक्रिया विधिसम्मत नभएको उनको दावी छ । छनौट प्रक्रिया नै त्रुटिपुर्ण गरेर मेडल आएन भन्ने गुनासो गर्न उपयुक्त नहुने उनको भर्नाइ छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न उनको आग्रह छ ।
छनौट प्रक्रिया अन्तरगत परिषदका एक सदस्यले स्क्वास खेलाडी सुजन आचार्यलाई दुई दिन मात्रै समय दिएका थिए । यसैगरी आठौं र नवौं खेलकुदमा स्वर्ण पदक जितेका अमृत थापालाई छनौट खेल नखेलाई सिधै राष्ट्रियमा खेलाउने तयारी भएको पनि थाहा हुन आएको छ । ‘परिषदका एक सदस्यले थापालाई सिधै खेलाउन सकिन्छ भनेर स्क्वास संघमा भनेको सुनियो ।’ आचार्यले भने ।
पौडेलको फेसबुक पोष्टमा स्क्वास खेलाडी सुजन आचार्यले लेखेका छन्, ‘संघहरुको लापरवाही (प्रलोभन) र खेलकुदका केहि कमिना सदस्य अनि कर्मचारीको भ्रष्टचारी नियतको कारण हो यो। खबरदार यस्ता खालका निर्णय प्रति अव खेलाडि आफै मैदानमा उत्रने छन। सम्बन्धित निकायलाइ चेतना भया ।



छर्नाटका त्रलममा जिम्न्याष्टिक खेल्दा पर्वतका खेलाडीले कास्कीको जर्सी लगाउन बाध्य भएको पनि आरोप छ । ‘यति हतारो किन हो ? पर्वतका खेलाडीले कास्कीको जर्सी लगाएर खेल्नुपर्ने ?’ आचार्यको प्रश्न छ ।


तर प्रदेश खेलकुद परिषदका सदस्य केवश पाठकले भने, प्रदेशले बजेट मिलाईदिने र छनौट प्रक्रियामा खेल संघ नै निर्णायक हुने बताए । ‘हामीले तालिका र बजेट मिलाईदिने हो, बाँकी प्राबिधिक काम खेल संघहरुले नै गर्ने हो ।’ उनले भने ।



राष्ट्रिय खेलकुलको छनौटमा पहिले पालिकाहरुबाट छनौट भएर जिल्लामा आउनुपर्ने, जिल्लाबाट छनौट भएर प्रदेशमा आउनुपर्ने र प्रदेशबाट छनौटमा परेपछि मात्रै राष्ट्रिय खेलकुदमा सहभागि हुने प्रक्रिया रहेको छ । तर खेलाडीहरुले भने, प्रदेश खेलकुद परिषदले भाँडभैलो तरिकाले छनौट गरेको आरोप लगाएका छन् । उनीहरुले यो छनौट प्रक्रिया सच्याउन माग गरेका छन् । ‘हामीले यो सच्चायन माग गरेका छौं, सच्चिएन भने, तालाबन्दि सहित आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’ आचार्यले भने ।


यही मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिप खेलकुदमा गण्डकी प्रदेशले ३६ वटा खेलमा भाग लिँदैछ । ती मध्ये अधिकाँश खेलका खेलाडी छनौट भईसकेका छन् । प्याराग्लाईडिङ लगायतका खेलहरुका खेलाडी छनौट हुन बाँकी रहेका छन् ।
पौडेलको पोष्टमा भने खेलाडी आनन्द कुँवरले गत चैतमा भतरपुमा भएको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा सिधै खेलाडी छनौट गरेको बताएका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist