Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

पोखरा को नयाँबजारमा ताया :मचा नृत्य प्रतियोगिता हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
पोखरामा आगामी भदौ ८ गते नयाँबजार साँस्कृति समितिको आयोजनामा तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका ९ नयाँबजारमा हुनेछ ।


नेवाः खल कास्कीको आह्वानमा हुने प्रतियोगिता पोखरा ९ नयाँबजार, नेवाः मिसा पुच नयाँबजार, नेवा ल्याम्ह पुचः नयाँ बजार र नेवा कल्याणकारी गुठी नयाँबजारको सहकार्यमा हुने जनाइएको छ ।तायाःमचा नृत्यको संरक्षण, संवद्र्धन र प्रद्र्धधन गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले बताए ।


प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले तयाः मचा नाय नेवार समुदायको मात्र नभइ पोखरेलीको पहिचानसँग जोडिएको बताए । सँस्कृतिले एकआपसमा बाँध्ने, सामाजिक सद्भाव प्रवाह गर्ने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।


श्रेष्ठका अनुसार प्रतियोगितामा महिला पुरुष गरि करिब ३६ समुहले सहभागिता जनाउने अनुमान गरिएको छ । पुरुषतर्फ पहिलो हुनेले ३ लाख एक रुपैयाँ, दोस्रो हुनेले २ लाख एक रुपैयाँ र तेस्रो हुनेले १ लाख एक रुपैयाँ प्राप्त गर्नेछन् ।महिलातर्फ क्रमश प्रथम, द्धितिय र तृतिय पुरस्कार ५० हजार एक रुपैयाँ, ३० हजार एक रुपैयाँ र २० हजार एक रुपैयाँ रहेको छ ।


नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले प्रतियोगिताले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । मौलिक सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नेवार समुदाय मात्र नभइ, पोखरेली, स्थानीय र सरकारको सहयोगको आवश्यकता रहेको उनले औंल्याए ।


वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले प्रतियोगितालाई वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सफलताको शुभकामना दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist