Wednesday, November 27, 2024

आजको मिति: २०८१ मंसिर १२ ,बुधबार

  • प्रवास
  • खेलकुद
  • प्रवास
  • खेलकुद
  Latest
टोलबासीलाई बनभाेज जाने विशेष जानकारी
पोखरामा “राष्ट्रिय कर दिवस” भव्य रूपमा मनाइयो
Next
Prev

अशोक रुम्बा: स्पेनमा १०औं NINTAI कपका प्रमुख रेफ्री

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सागर गिरी
स्पेन,स्पेनमा नोभेम्बर २३ र २४ मा सम्पन्न १०औं NINTAI कप स्पेनिस् खुला च्याम्पियनशिप क्योकुशिन कराते प्रतियोगितामा नेपालका अशोक रुम्बा तामाङले प्रमुख रेफ्रीको भूमिका निर्वाह गर्दै नेपालको खेलकुद इतिहासमा अर्को नयाँ अध्याय थप्नुभएको छ। नेपाल शिन क्योकुशिन करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रुम्बा तामाङले आफ्नो कुशलता र मेहनतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न सफल हुनुभएको हो।


यस प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडी विष्णु बहादुर सार्कीले पनि सहभागिता जनाउँदै पहिलो दिनको क्वाटरफाइनलसम्मको यात्रा तय गर्नुभयो। ग्रीसका खेलाडीविरुद्ध कडा प्रतिस्पर्धा गर्दै पराजित भए पनि सार्कीले नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्नुभयो।


रेफ्रीका रूपमा रुम्बाको प्रदर्शनले आयोजक समिति र दर्शकहरूलाई प्रभावित पार्यो। आयोजकहरूले उहाँको कार्यक्षमताको उच्च प्रशंसा गरे। प्रतियोगिता सम्पन्न भएपछि रुम्बाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सिकेको अनुभव र ज्ञान नेपालका खेलाडीहरूसँग बाँड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


खेलकुद र समाजसेवामा समर्पित व्यक्तित्व
पोखरामा पर्यटन व्यवसाय गर्दै आएका र वैदाम तामाङ सेवा समाजका आजीवन सदस्य रहेका रुम्बा दुई वर्षअघि परिवारसहित स्पेन बसाइँ सरेका थिए। व्यवसाय कोरोनाले प्रभावित भएपछि स्पेनमा नयाँ अध्याय सुरु गरेका रुम्बाले खेलकुदमा आफ्नो पुरानो लगावलाई निरन्तरता दिँदै डोजो र ट्राभल एजेन्सी स्थापना गर्नुभयो।


स्पेनमा बसेर पनि नेपालका खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता गराउँदै रुम्बाले खेलकुद क्षेत्रमा ठूलो योगदान दिनुभएको छ। १०औं NINTAI कपमा प्रमुख रेफ्रीको रूपमा आफ्नो उपस्थिति स्थापित गर्नु उहाँका लागि एक महत्वपूर्ण उपलब्धि रह्यो।


समारोहपश्चात सामाजिक सञ्जालमार्फत रुम्बाले आफ्नो खुसी व्यक्त गर्दै बार्सिलोनामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समर्थनका लागि धन्यवाद दिनुभएको छ। उहाँले भन्नुभयो, “स्पेनको जस्तो प्रतिस्पर्धात्मक वातावरणमा प्रमुख रेफ्री बन्नु मेरो मेहनत र प्रतिबद्धताको प्रतिफल हो। नेपाली समुदायको माया र सहयोगले मलाई थप उर्जा प्रदान गरेको छ।”


रुम्बाका अनुसार यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन र ज्ञान तथा अनुभवको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist