Monday, April 27, 2026

आजको मिति: २०८३ बैशाख १४ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी
Next
Prev

पोखरा महानगरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने, खेलकुद समितिको निर्णय

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा  – पोखरा महानगरपालिका वडा नं. १४ को खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २२ देखि २४ गतेसम्म पोखरा महानगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।


आज शनिबार खेलकुद विकास समितिका संयोजक शंकर जीसीको अध्यक्षतामा सम्पन्न बैठकले महानगरका ३३ वटै वडाको सहभागितामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा वडा अध्यक्ष बोध बहादुर कार्की, वडा सदस्यहरू गोपालप्रसाद सापकोटा, कृष्ण हरि काफ्ले, तनुजा थापा (सीके), कृषि सञ्जालका अध्यक्ष ललित बानियाँ तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।


वडा अध्यक्ष बोध बहादुर कार्कीले खेलकुद कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको भन्दै सामाजिक संघसंस्था र स्थानीय बासिन्दाको उल्लेखनीय भूमिका हुने बताए। यसै सन्दर्भमा आवश्यक परामर्शका लागि छिट्टै अर्को बैठक आयोजना गरिने जानकारी पनि गराइएको छ।


प्रतियोगितामा सहभागिता र कागजातहरूको व्यवस्था
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आफ्नो सम्बन्धित वडाको नागरिकताको प्रतिलिपि र एकप्रति फोटो पेस गर्नुपर्नेछ। यी कागजात नभएमा बसाइँसराइ प्रमाणपत्र वा वडाको आधार पत्र अनिवार्य हुने खेलकुद विकास समितिका संयोजक शंकर जीसीले बताए


पोखरा महानगरपालिकाको समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने यो प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा र एकता कायम गर्ने अपेक्षा गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist