Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

आहा रारा गोल्डकप: ब्ल्याक बुल्स उज्वेकिस्तान सेमिफाइनलमा प्रवेश

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा— पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।


पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सका इस्लोम्जन, सयदज्मोल, र शाब्कात्जोनले समान १–१ गोल गर्दै टिमलाई सहज जित दिलाए। खेलको ३८औं मिनेटमा इस्लोम्जनले साभकात्जोनको पासमा गोल गर्दै टिमको खाता खोलेका थिए।


त्यस्तै, खेलको ७३औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका सयदज्मोलले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए। उनले साभकातले दायाँ किनाराबाट दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए।


खेलको ७५औं मिनेटमा शाब्कात्जोनले डि बक्स बाहिरबाट प्रहार गरेको बल सिधै जाली चुमेपछि ब्ल्याक बुल्सले ३–० को सहज जित दर्ता गर्‍यो।


अब ब्ल्याक बुल्सले बिहीबार सेमिफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ।


यसअघि, सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडले पहिलो खेलमा संकटालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो, जबकि ब्ल्याक बुल्सले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको थियो।


सेमिफाइनल समीकरण पूरा भइसकेको छ। बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच पहिलो सेमिफाइनल खेल हुनेछ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist