Wednesday, July 16, 2025

आजको मिति: २०८२ श्रावण १ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

सहारा क्लब पोखरा र एजी एक्सप्रेसबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — पोखरामा आधारित सहारा क्लब र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गो तथा कुरियरबीच सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्ने सम्झौता भएको छ। सोमबार क्लबको कार्यालयमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेसका तर्फबाट तुलसी उप्रेतीले सम्झौतापत्रमा हस्ताक्षर गरे।


सम्झौता अनुसार, एजी एक्सप्रेसले सहारा क्लबले सञ्चालन गर्दै आएको ‘सूर्य बहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’मा रहेका बालबालिकाको शैक्षिक तथा खेलकुद विकासमा सहयोग गर्नेछ। सहयोगस्वरूप एजी एक्सप्रेसले ग्लोबल सेलमार्फत पठाइने हरेक किलो सामानमा ५ रुपैयाँका दरले वार्षिक रूपमा रकम प्रदान गर्नेछ। साथै, सहारा क्लब र यसको अन्तर्राष्ट्रिय शाखाका सदस्यहरुले एजी एक्सप्रेसको सेवा प्रयोग गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।


एजी एक्सप्रेसका प्रतिनिधि उप्रतीले सम्झौताले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मा टेवा पुर्‍याउने बताए। सम्झौताको अवधि १ वर्षको रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।


क्लब अध्यक्ष बरालले एकेडेमीमा रहेका बालबालिकाको शिक्षा र खेलकुद दुबै क्षेत्रमा सहयोग पुर्‍याउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए। “एजी एक्सप्रेससँगको सहकार्यले आत्मबल बढाएको छ,” उनले भने, “यस्ता सहयोग थप हुन सके एकेडेमी अझ प्रभावकारी बन्न सक्छ।”


सम्झौतामा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ र एजी एक्सप्रेसका पोखरा प्रतिनिधि रजत आचार्यले साक्षीका रूपमा हस्ताक्षर गरेका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist