पोखरा महानगरपालिकाले सर्वेक्षण गरिरहेको महानगर प्रोफाइलबाट ठहर हुन आउने विपन्न घरधुरी पहिचान कार्यक्रम सम्पन्न पश्चात् अति विपन्न घरपरिवारलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपन्न परिवारलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिने बताउनु भएको हो ।