Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा,उद्घाटन खेल सहारा र थ्री स्टार बीच

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा ।२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा रङ्गशालामा यही माघ ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाउने बताए ।


उनले प्रतियोगितामा अतिरिक्त प्रोत्साहान स्वरुप नगद पुरस्कारसमेत दिइने जानकारी दिए । उनका अनुसार प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०÷२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०÷३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको महासचिव अधिकारीले बताए ।प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।


२३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा भारतीय क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि एपिएफ क्लबले सहभागिता जनाउने गुरुङले बताए ।उनका अनुसार माघ ९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । गत संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist