✍️सागर गिरी
इन्नरवहिल कल्ब अफ अन्नपूर्ण डिस्ट्रिट ३५० नेपालले संयोजक रश्मि चालिसे अध्यक्ष सरिता शर्मा कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ का वडा सदस्य तारा सेवा परियार पोखरा १७ पुल्चोक टोल निवासी असहाय एवं एकल महिला सोनु परियारलाई जिविकोपार्जनका निम्ति एक थान कपडा सिलाउने मेसिन सहयोग गरेको हो।
उक्त कार्यक्रममा अतिथि पोखरा १७ बेलघारि टोल बिकास संस्थाका सल्लाहकार भुवानि प्रसाद भट्टराई दातृ संस्थाका निबर्तमान अध्यक्ष सन्ध्या क्षेत्री पुर्व अध्यक्ष सजिना गौतम बोर्ड मेम्बर मिना बराल, आनन्द बराल संम्पादक मुना कोईराला सहित स्थानीय ब्यक्तिहरूको लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्य क्रममा स्वागत मन्तव्य मिना देवी बराल दिनुभएको हो। कार्यक्रम संचालन संस्थाका सचिव अन्जु चालिसेले गर्नु भएको थियो।