Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

‘कर्म–कर्ण पत्रकारिता पुरस्कार २०८०’ दिपेन्द्र श्रेष्ठलाई

Share on facebook
Share on twitter
Share on linkedin

यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो ।
पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं एभरेस्ट एफएमका प्रवन्ध निर्देशक श्रेष्ठलाई सिफारिस गरेको हो । पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध छन् ।
तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थपना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्र रहेको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिए ।
भोलि शुक्रबार बिहान नयाँबजारस्थित तमु धीं नेपालमा एक कार्यक्रमका विच पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।
सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रममा कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ प्रमुख अतिथि रहनु हुने जनाइएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist