✍️ विवेक न्यौपाने
कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जामा सम्पन्न भएको छ ।
कान्तिपुर कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटल पोखरा, ताइवान प्रिभेन्ट ब्रलाईन्डनेस फाउन्डेसन, ताइवान कान्तिपुर डेन्टल कलेज हस्पिटल, काठमाडौं बिएम फाउन्डेसन, काठमाडौंको संयुक्त सहकार्यमा नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रम फेदीखाेला स्याङ्जाको श्री सिद्दार्थ उच्च मा.विमा करिब ७ सय जना बढीले दन्त तथा आँखा शिविरबाट लाभान्वित भएका छन्।
कान्तिपुर इन्स्टीच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले नि:शुल्क दन्त तथा आँखा शिविर एवम जनचेतना कार्यक्रममा करिब २० बढी विधालय सहभागिता जनाएका थिए।
डेन्टल हस्पिटलबाट २३ जना सहितको प्रविधिक टिमले परिक्षण गरेका थिए भने कार्यक्रम जेष्ठ ८ र ९ गते २ दिन संचालन भएको थियो।
उक्त कार्यक्रम फेदिखोला गाउँपालिकाद्बारा आयोजना गरिएको बृहत शैक्षिक सम्मेलन २०८० को अवसरमा गरिएको हाे।