Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

कास्की तरुण दल अब जनकेन्द्रित काममा लाग्छ: अध्यक्ष विद्वान गुरुङ

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अब तरुण दल किसानको मुद्दा बोकेर तराई प्रवेश गर्ने बताउनुभएको छ । कास्की कांग्रेस जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भन्नुभयो, नेपाल तरुण दल भाषण र सभा सम्मेलनमा मात्र होइन, जनताको भावना नजिक छ ।


यही उद्देश्य लिएर हामी अब तराई जाँदैछौं । तराईमा हामी किसानको मुद्दा लिएर जाने छौं । तराईमा तरुण दल किसान नै भएर काम गर्नेछ । पहाडमा पनि तरुण दल छुट्टै मुद्दा लिएर छिट्टै जाँदैछ ।’ उहाँले जाजरकोट र पश्चिम रुकुममा १० दिनसम्म बसेर भूकम्प पीडितलाई अस्थायी टहरामा राखेर आएको जानकारी गराउनुभयो ।


‘नयाँ पार्टी विदेशीका एजेन्ट हुन्, तिनीहरु धेरै टिक्दैनन्’ अध्यक्ष गुरुङले भने, ‘हिजो देशलाई संकट रविन्द्र मिश्र र रवि लामिछानेहरु कहाँ थिए ? त्यसबेला नेपाली कांग्रेसले सामना गरेको थियो । जनताको अधिकारका लागि कांग्रेसको नेतृत्वमा लोकतन्त्र स्थापना गरेको हो ।’


अध्यक्ष गुरुङले भन्नुभयो, ‘जनता अब सचेत भइसके, ढाँटेर राजनीति चल्दैन । नेपाली कांग्रेसका नेता कार्यकर्ताविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेर गाली गरिरहेका छन् । त्यस्तालाई हामीले बाइकट गर्नुपर्छ । कांग्रेसले गरेको कामलाई प्रचार गरौं, पार्टीका आदर्श पुरुषहरुको वाणीलाई सामाजिक सञ्जालमा सेयर गरौं ।’


नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन कार्यकर्तामा उत्साह देखिएको छ । यो उत्साहले केन्द्रदेखि वडातहसम्म एकताबद्ध गरेर लैजाने अध्यक्ष गुरुङको भनाइ थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist