Tuesday, May 13, 2025

आजको मिति: २०८२ बैशाख ३० ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

क्रिकेटर लामिछानेलाई भिसा दिन अमेरिकाद्वारा अस्विकार

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, ९ जेठ


विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।


सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।


बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।


क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो ।


तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘अब खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पहल गर्नुपर्छ । किनकि यो राष्ट्रकै विषय हो ।’


‘उपयुक्त भिसाका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौंस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोष्टहरुले एकजुट भइ काम गरेका छन्’, उनले भने, ‘अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सह्राहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए ।’


२ जेठमा लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । सोही दिन क्यानले उनको निलम्बन फुकुवा गरेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist