Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

गण्डकी कलेज लामाचौरमा IT EXPO हुने

Share on facebook
Share on twitter
Share on linkedin

पाेखरा
सूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा आफुलाई चिनाउने अवसर प्रदान गर्नुका साथै पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यका साथ गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स पोखरा १६,लामाचौरले यहि जेठ २५ र २६ गते “नवौं जि.सि.ई.एस आईटी एक्स्पो २०८०” को आयोजना गर्न लागेको छ, विद्यार्थीहरूको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै Software Engineering र Information Technology को बारेमा सामान्य व्यक्तिलाई समेत जानकारी गराउने उदेश्य एक्स्पोको रहेको छ।



एक्स्पोको पूर्व सन्ध्यामा जेठ २१ र २२ गते अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा र वृक्षारोपण कार्यक्रम, २४ गते बिहान खुल्ला रक्तदान कार्यक्रम र टेक्निकल टक कार्यक्रमको आयोजना गरिनेछ भने एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रम २५ गते बिहान ११ बजे र समापन जेठ २६ गते दिउँसो २ बजे गरिने कुरा एक्स्पोका अध्यक्ष राजन अर्यालले बताए । २ दिन सम्म संचालन हुने यस सूचना प्रविधिको मेलामा Software Exhibition, Coding Competition, Hardware Showcase, Gaming Competition साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ ।


जेठ २२ गते सम्पन्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पोखराका जम्मा १४ विद्यालयले सहभागिता जनाएका थिए भने प्रतियोगितामा एस ओ एस गण्डकी प्रथम, ब्रह्मारुपा माध्यामिक विद्यालय दोस्रो तथा अम्बिका माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका थिए । विजेता विद्यालयलाई जेठ २५ गते औपचारिक कार्यक्रममा नगद पुरस्कार तथा ट्र«फि वितरण गरिने कार्यक्रम रहेको छ।


सफ्टवयर इन्जिनियरिङ्ग २०१८ ब्याचका विद्यार्थीहरुको आयोजनामा संचालन हुने यस सूचना प्रविधि मेलाको प्रदर्शन अवधि विहान ९ बजे देखि बेलुका ५ बजे सम्म जारी रहने कुराको जानकारी सहित पोखराका सम्पूर्ण विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई यस कार्यक्रम अवलोकनका लागि कलेज परिवारले निमन्त्रणा पठाईएको जानकारी गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स लामाचौरका क्याम्पस प्रमुख वीरेन्द्र खड्काले बताउनु भयो ।


नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ्ग कलेजको रुपमा स्थापित यस क्याम्पसमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ्ग साथै कम्प्यूटर इन्जिनियरिङ्ग र स्नातकोत्तर तहमा ईन्फरमेशन सिस्टम इन्जिनियरिङ्गको पढाई भई रहेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist