✍️ अजय क्षेत्री
दारी ग्याङ पोखराले केदारेश्वर महादेवमणि मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
युवा दिवसको अवसर पारेर दारी ग्याङले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा दाह्री ग्याङ पोखराले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा दारी ग्याङ संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा दाह्री ग्याङ पोखराका पूर्व संयोजक अभिमन्यू पाण्डे कार्यक्रम संयोजक उज्ज्वल भुजेल लगायतले बोलेका थिए ।