✍️ विवेक न्यौपाने
पोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुनेछ । जस अनुसार निम्न कार्यक्रमहरु तय गरी सम्पन्न हुने क्रममा रहेका छन् ।
जेसीज सप्ताह- २०२३ मा संचालन गरिने कार्यक्रमहरुमा प्रथम दिनको कार्यक्रम जेसीज सप्ताह समुद्घाटन तथा संसदिय अभ्यास तालिम,द्रोस्रो दिनको कार्यक्रम १० जोड २ का विद्यार्थीहरुका लागि वृत्ति विकास योजना परामर्श कार्यक्रम सम्पन्न भइसकेको छ ।
भने तेस्रो दिनको कार्यक्रम उद्यमी तथा व्यावसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठीमा लेखक,सोच समुहका सामाजिक अभियन्ता कर्ण शाक्यले बिना भाेगाई उधमी बन्न नसकीने बताउदै सफल बन्न गाह्रो नभएको तर असल बन्न उधमीलाई गाह्रो हुने साथै आफ्ना जीवनका संघर्ष र सफलताकाे बारेमा बताउनुभयो ।
कार्यक्रममा वक्ताहरू मध्ये नेपाल राष्ट्र बैंक गण्डकीकी निर्देशक आर्या जाेशीले बैंक तथा ऋणिहरूलाई बचाउने निती राष्ट्र बैंकसँग रहेको बताउँदै बैंकिङ साक्षरता सबैलाई आवश्यक रहेको बताउनुभयो।
नाडाका अध्यक्ष तथा व्यवसायी धुर्व थापाले अन्य देशकाे तुलनामा नेपालमा उधमीलाई सहज तर सरकारले आवश्यक ठाँउमा समन्वय नहुँदा व्यवसायी मारमा परेको बताउनुभयो।
उक्त कार्यक्रमकाे मध्यस्तकर्ताको भुमिका ‘ला ग्राण्डी’ का प्रिन्सिपल एवं जेसिस पूर्व अध्यक्ष जेसिआई सिनेटर ई.किरण केसीले गर्नुभएको हाे।
चौथो दिनको कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण,पाँचौ दिनको कार्यक्रममा बृहत रक्तदान कार्यक्रम,छैटौं दिनको कार्यक्रममा निशुल्क स्वास्थ्य तथा दन्त शिविर साताै दिनको कार्यक्रममा गण्डकी युवा बक्ता तथा समापन कार्यक्रम युवा विद्यार्थीहरुकोमा रहेको वाककला प्रस्फुटन गराउने कार्यक्रम बाँकी छन् ।