Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेश समितिको संयुक्त बैठक सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
मिति २०८१ कार्तिक २७ गते, मंगलवार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति श्री शुक्रराज शर्मा ज्यूको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेश समितिको संयुक्त बैठक सम्पन्न भयो। बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति श्री शुक्रराज शर्मा, माननीय मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे, र महासचिव श्री विष्णुप्रसाद लामिछाने तथा नेकपा एमालेको तर्फबाट इन्चार्ज श्री किरण गुरुङ, संसदीय दलका नेता श्री खगराज अधिकारी र अध्यक्ष श्री नवराज शर्मा सहभागी थिए।


बैठकले गण्डकी प्रदेशको विकास र सरकारका कार्यक्षमता वृद्धिका लागि सात बुँदे निर्णयहरू पारित गरेको छ। यसमा संयन्त्रको संयोजन आलोपालो प्रणालीमा दुवै दलको सहमतिमा गर्ने, जनमत निर्माण, विकास निर्माणमा साझा धारणा कायम गर्दै सहकार्यलाई मजबुत बनाउने लगायतका निर्णयहरु पारित गरिएको छ।


बैठकका निर्णयहरू:


१. बैठकको संयोजन: सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको बैठकको संयोजन आलोपालो प्रणालीमा दुवै दलले गर्ने र बैठकको व्यवस्थापन संयोजनको जिम्मेवारीमा रहेको दलले गर्ने।


२. संयन्त्र निर्माणको निर्देशन: गण्डकी प्रदेशका सबै जिल्लामा केन्द्रको निर्देशनानुसार संयन्त्र निर्माण गरी कार्यसम्पादन गर्न निर्देशन दिने।


३. जनमत निर्माण र प्रचार-प्रसार: दुई पार्टीको सहकार्यलाई जनसमक्ष पुर्याउन र संयुक्त सरकारका कामहरूको प्रचार गर्ने, साथै सरकारलाई आवश्यक सुझाव र समर्थन प्रदान गर्ने।


४. स्थानीय तहको विवाद समाधान: स्थानीय तहमा उत्पन्न हुन सक्ने समस्याहरू दुवै दलका प्रतिनिधिहरू बसेर तत्काल समाधान गर्ने।


५. कानुनी राज्यको पालनामा अपिल: गैरराजनीतिक र अराजक गतिविधिहरू नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको पालना सुनिश्चित गर्न अपिल गर्ने।


६. विकास निर्माणमा साझा धारणा: गण्डकी प्रदेशको विकासका लागि दुवै दलले साझा दृष्टिकोणसहित कार्यान्वयन अघि बढाउने।


७. आगामी बैठकको संयोजन: आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा आयोजना गरिने।


बैठकले गण्डकी प्रदेशका जनताको हितमा दुई प्रमुख दलहरूको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist