✍️ काठमाडौं संवाददाता
संघले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेन्ज घोषणा सहित सम्पन्न भएको छ । सघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स विचमा हिजो हिमालयन मोटरल्याण्ड धुलिखेल मा सो अभियान घोषणा गरिएको हो।
जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो/रील कन्टेस्ट रहेको छ। कार्यक्रमका सहभागीहरुले आफूले पोस्ट गरेका ती कन्टेन्टहरुलाई एक हप्ता भित्र सबैभन्दा धरै लाईक, कमेन्टक र सियरको आधारमा आकर्षक गिफ्ट ल्याम्पर प्रदान गरिनेछ ।
हिजै ती सहभागीहरुले स्ली बाईक कम्पिटिसनमा सहभागीता जनाएका जहाँ बेस्ट राईडर्सको रुपमा अनुप श्रेष्ठ चयन भए। यस अधि टू-व्हील टूरिङ, पोलिसी डायलग तथा बेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भईसकेका छन् ।
अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स हिमालय एड्भेञ्चर मोटरसाईकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो भने एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शल को तालिम काठमाण्डौंमा सम्पन्न गरिएको थियो। अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुको वीचमा बाईक रेसिड अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा रिड र राईडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।
यस पटकको मख्यत दुईवटा ईभेन्ट मार्फत अब नेपालको सन्दर्भमा मोटरसाईक्रिड टरिङ भरपदों विकल्प बन्ने निष्कर्ष सहित सम्बन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको छ।