✍️ अजय क्षेत्री
नेपाल बिद्यार्थी सघं कास्कीकोट द्वारा नव बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान चियापान तथा पाचौं अधिबेशन सम्पन्न गरेको छ।
कार्यक्रम मा प्रमुख अथिति भरत बाहादुर अधिकारि विशेष अतिथि बेदहरि तिमिल्सिना प्रताप बाहादुर कार्की ,महादेब गिरी ,गगाँ गिरी खिमनाथ तिमिल्सिना ,र अथिति देबिलाल अधिकारि रिप बाहादुर कार्कि र सोभित अधिकारिले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो अथितिहरुले आ-आफ्नो तर्फबाट शुभकामना दिएका थिए।
नेपाल बिद्यार्थी सघं भए मात्र नेपाली काङ्ग्रेस बलियो हुने र ने:बि संघ लाई यस्ता खालका कार्यक्रमहरु राखेर बिधार्थिका मुद्दालाई लिएर अगाडि बडन पनि प्रमुख अतिथि अधिकारी ले बताउनुभयो।
त्यस्तै बिशेष अतिथिमा मा रहनु नेपाल बिद्यार्थी सघं केन्द्रीय सदस्य तथा पाचौं अधिबेशन का निर्वाचन सयोजक महादेव गिरीले नेपाल बिद्यार्थी सघंको महाधिवेशन तत्काल गर्नु पर्ने र त्यसको सुरुवात पोखरा महानगर वडाँ न २४ बाट हामिहरुले सुरु गरेको वताउनु भयो ।नेपाली काङ्ग्रेसले ने:बि संघ लाई पनि सङ्ग सङ्गै लिएर हिड्नु पर्ने र अब को निर्वाचनमा नेपाली काङ्ग्रेसका उमेदवारलाई अत्याधिक बहुमतले बिजय गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
पाँचौ अधिवेशन बाट सागर तिमिल्सिना को सभापतित्वमा ३४सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो बिधार्थिका मुद्दामा आफु तत्पर भएर लाग्ने र ने:बि संघ लाई थप उर्जा सहित उचाइमा पुर्याउने निर्वाचित सभापति तिमिल्सिनाले प्रतिवद्दता जानुभयो साथै कार्यक्रम बिधार्थी नेता अर्जुन अधिकारीले सन्चालन गर्नुभएको थियो ।