Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखाको २७औं साधारण सभा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका १८ उपशाखाको २७औं साधारण सभा शनिवार सम्पन्न सम्पन्न भएको छ ।


उपशाखाका सभापती सुर्यप्रसाद तिमिल्सिना(मुना) को अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागि पर्नुपर्नेमा जोड दिए । वडाले रेडक्रसका लागि छुट्टै कार्यलय व्यवस्था गरेको बताए । सराङ्कोटको भुगोल नै वाढीपहिरोको उच्च जोखिममा रहेकाले रेडक्रससँग सहकार्य गरेर वडाले काम गर्ने जानकारी दिए ।


कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं १८ का वडा सदस्य कल्पना कार्की ढकालले मन भित्रैबाट सेवा गर्छु भनेर लागेका हामी एक आपसाा सहकार्य गरेर काम गर्नु पर्ने बताइन्। ढकालले मानवीय जोखिम कम गर्न जुनियर , युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गरिन्।


नेपाल रेडक्रस सोसाईटी सराङ्कोट उपशाखाका पूर्व सभापति गंगाधर तिमिल्सिना रेडक्रसको सात सिद्धान्तहरूको वाचन गरेका थिए ।


कार्यक्रममा उपशाखाका सभापति सुर्यप्रसाद तिमिल्सिना(मुना)ले वार्षिक गतिविधि र पगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रमको सञ्चालन उपशाखाका सचिव दामोदर तिमिल्सिनाले सञ्चालन गरेका थिए । सचिबको प्रतिबेदन र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने सोही अवसरमा १४ जना सदस्यहरूलाई स्वागत समेत गरिएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist