Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

नेशनल पिस क्लवको प्रथम वार्षिकोत्सव: भलिवल तथा सांस्कृतिक कार्यक्रम फागुन २० गतेदेखि २४ गतेसम्म

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


बागलुङ, जैमिनी नगरपालिका–०६ अर्जेवा स्थित नेशनल पिस क्लव ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। यही मिती  २०८१ फागुन २० गतेदेखि २४ गतेसम्म क्लबले भलिवल प्रतियोगिता तथा एनपिसि डान्स आइडल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रम  संयोजक सूर्य केसी  ले जानकारी दिनुभयो । 


“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”भन्ने मुल नाराका साथ 


 स्थानिय खेलाडीलाई प्राथमिकतामा राख्दै भलिवल खेलको  माध्यमबाट खेलाडि उत्पादन गर्न एनपिसी क्लव सधै अगाडि बडदै आएको खेल समयोजक अर्जुन केसी ले बताउनुभयो । 


पुरुष भलिवल प्रतियोगिता साविक वडा स्तरको हुनेछ। प्रतियोगितामा बिजेता हुनेले 


: रु. ४५,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)


उपबिजेताले


२५,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)


तृतीय हुनेले रु. १०,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)


सान्त्वना हुनेले रु. १०,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)


प्रतियोगितामा सहभागी हुन रु. ४,०००/- दर्ता शुल्क लाग्नेछ


। भने खेल फागुन २१ गते दिउँसो १२ बजे देखि सुरु हुने छ । 


 दर्शकलाई  मनोरञ्जन दिन तथा स्थानीय कलाकारमा लुकेर रहेको प्रतिभालाई प्रष्पुटन गर्न एन.पि .सी डान्स आईडल पनि राखिएको छ क्लवबाट बचेको रकम  स्थानीय खेलाडिलाई प्रशिक्षक  तथा  सामाजिक काममा खर्च हुने र गतेसम्म क्लवले पहिला पनि सामाजिक कार्यहरु गर्दै आएको हो यसपालि पनि बचेको रकम सामुदाय संग मिलेर काम गर्ने क्लवका अध्यक्ष लाल बहादुर खडका ले जानकारी दिनुभयो।


एन. पि. सि. डान्स आइडल प्रतियोगिता   बिजेताले 


: रु. २,५००/- (प्रमाणपत्र ) 


उपबिजेता ले 


 रु. १,५००/- (प्रमाणपत्र)


तृतीय पुरस्कार: रु. १,०००/- (प्रमाणपत्र)


 साथै दर्ता शुल्क: रु. ३०० लाग्ने छ।


कार्यक्रम जनकल्याण मा.वि. देखि २०० मिटर भित्र सञ्चालन हुनेछ।


 


कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ। यस कार्यक्रमले स्थानिय खेलाडीहरूलाई प्रोत्साहन गर्दै सभ्य समाजको पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ। साथै हामीलाई देश तथा विदेशबाट विभिन्न संघ सस्थाबाट सहयोग हुँदै आईरहेको आर्थिक समयोजक सुजन थापाले बताउनुभयो ।


यस कार्यक्रम अवधिभर सम्पूर्ण खेल को जानकारी समानान्तर मिडिया ले  दिनेछ  साथै समानान्तर मिडिया ले आधिकारिक रूपमा प्रचार प्रसार गर्ने प्रचारप्रसार योजक अजय क्षेत्री ले जानकारी दिनुभयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist