✍️ अजय क्षेत्री
पोखरा / गण्डकी प्रदेश सरकारले राइडिङ सेयर सम्बन्धि कार्यविधि लागु गर्न लागेपछि गण्डकी प्रदेशमा सार्वजानिक यातायात ठप्प भएका छन् । महासंघले आन्दोलनको घोषणा गरेसँगै आज पोखरामा पत्रकारमाथि दुव्र्यवहार गर्दै सार्वजानिक गाडी तोडफोड गर्दा चार जना पक्राउ परेका छन् ।
सार्वजानिक यातायात बन्दभएपछि रिर्पोटिङका लागि पुगेकी पत्रकार विना मर्साङ्गी मगर र अर्का एक सुरज थापामाथि दुव्र्यवहार भएको हो । विहानै देखी सडक आन्दोलनमा उत्रिएका व्यवसायीले पृथ्वीचोकमा कालो नम्बर प्लेटका सवारीलाई चल्नमा रोक लगाइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ट्याक्सी चालक पोखरा महानगरपालिका-९ शान्तिबनका ४१ व्र्षिय सुर्यबहादुर नेपाली, लम्जुङ सुन्दरबजार नपा-१ कुन्छा घर भई हाल पोखरा-५ जिरो बस्दै आएका २८ वर्षिय सन्तोष बस्नेत, गोरखा घर भई पोखरा-९ पृथ्वीचोक बस्दै आएका ३३ वर्षिय बुद्धि बहादुर बयलकोटी (मजदुर) र बसका सहचालक पोखरा-१६ लामाचौरका १६ वर्षिय प्रशान गुरुङ ,स्याङ्जा जिल्ला आधिखोला पोखराचैर घर भई हाल पोखरा १७ घारीपाटन बस्ने टंक बहादुर क्षेत्री पक्राउ परेका हुन् ।