Wednesday, December 11, 2024

आजको मिति: २०८१ मंसिर २६ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री 
काठमाडौं, २०८१ कार्तिक २० – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ। मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै अदालतले यो सजाय तोकेको हो। उनले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेका थिए, जसका कारण चक्रेको हात गम्भीर रूपले क्षतिग्रस्त भएको थियो। चक्रेको हात काटिएको भए पनि पछि चिकित्सकीय हस्तक्षेपबाट जोडिएको थियो।


घटनापछि चक्रेकी श्रीमती इन्दिरा गुरुङले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा उजुरी दिएकी थिइन्। लामो समयको कानूनी प्रक्रियापछि सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको हो।


यो सजायसँगै मनाङेको राजनीतिक भविष्यमा गम्भीर असर पर्ने देखिएको छ। उनी गण्डकी प्रदेशका सांसद र पूर्वमन्त्रीसमेत रहिसकेका छन्। अदालतको यो निर्णयलाई कानूनी तथा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist