Friday, January 17, 2025

आजको मिति: २०८१ माघ ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

पोखरामा पाँचौं यःमरी महोत्सव हुने

Share on facebook
Share on twitter
Share on linkedin


पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा पाँचौं यःमरी महोत्सव पुस १३ गते पोखराको गणेशटोलमा आयोजना हुने भएको छ। महोत्सवमा नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने प्रतियोगितासहित विविध सांस्कृतिक तथा परिकार प्रदर्शनी गरिनेछ।


महोत्सवको तयारी


वडा नम्बर ४ को कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष देवकृष्ण पराजुलीले महोत्सवका विविध कार्यक्रमबारे जानकारी गराएका छन्। उनका अनुसार पुस १३ गते बिहान वडा कार्यालय परिसरबाट प्रभातफेरीको आयोजना हुनेछ। ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।


सहभागीता र विशेषता


महोत्सवमा ३२ वटा मिसा पुचःले सहभागिता जनाउनेछन्। यःमरी, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिनेछ। ६ वटा खानाका स्टलमध्ये तीनवटा स्टलमा विभिन्न प्रकारका यःमरी बनाइने छन्।


सांस्कृतिक कार्यक्रम


महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ। लोकदोहोरी गायक पशुपति शर्मा लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्।


पर्यटन प्रवर्द्धनको उद्देश्य


पोखराको ऐतिहासिक गणेशटोलमा आयोजना हुने यो महोत्सवले नेवारी परिकार र संस्कृतिलाई उजागर गर्दै पर्यटनसँग जोड्न मद्दत पुर्‍याउने आयोजकहरूको विश्वास छ। महोत्सवमा नेवारी परिकारको प्रदर्शनी र बिक्रीसँगै यःमरीको स्वाद चखाउन विशेष व्यवस्था गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist