Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा भोलिदेखि सुरु हुँदैछ ‘इभी एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – पोखरामा पहिलोपटक आयोजना हुन लागेको ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ माघ ५ गते शनिबारदेखि सुरु हुने भएको छ। बराल ग्रुप पोखराको आयोजनामा तीन दिनसम्म चल्ने यो कार्निभल पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा हुनेछ।


यस कार्निभलमा निसान, ओमोडा, जेइको, जिकर, लिपमोटर, र सिट्रन ब्राण्डका गाडीहरूको प्रदर्शनी र टेस्ट–ड्राइभको अवसर उपलब्ध हुनेछ। सहभागीहरूले नयाँ मोडेलका गाडीहरूको प्रत्यक्ष अनुभव गर्नका साथै आकर्षक छुट र अफरहरूको फाइदा उठाउन सक्नेछन्।


प्रमुख आकर्षणहरू:
↘️पुराना गाडीको एक्सचेन्ज सुविधा र एक्सचेन्ज बोनस
↘️८०% सम्मको वित्तीय सहजीकरण
↘️निःशुल्क ७ किलोवाटको वाल चार्जर (इभी खरिदमा)
↘️हरेक खरिदमा निःशुल्क एक्सेसरिज र अटो प्लस इन्सुरेन्स
↘️प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा फाइनान्सिङ सुविधा


कार्यक्रममा गोल्छा अर्गनाइजेसन र शारडा ग्रुपको सहकार्यमा अत्याधुनिक विद्युतीय र पेट्रोल गाडीहरू प्रदर्शन गरिनेछ। सहभागीहरूले निसान म्याग्नाइट, सिट्रन इ–सि–३, ओमोडा, जेइको, र जिकर जस्ता लोकप्रिय ब्राण्डका गाडीहरूको टेस्ट–ड्राइभ गर्न सक्नेछन्।


सहभागिताका लागि आमन्त्रित


पोखरा तथा आसपासका गाडी पारखीहरूलाई कार्निभलमा सहभागी भई उत्कृष्ट अफरहरूको लाभ उठाउन आमन्त्रित गरिएको छ। कार्यक्रम माघ ७ गते सोमबारसम्म सञ्चालन हुनेछ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist