Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पोखरा खानेपानी सुधार आयोजना नेपाल सरकारलाई हस्तान्तरण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा – जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा खानेपानी सुधार आयोजना नेपाल जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) की प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेकी हुन्। परियोजनाका लागि जाइकाले रु. ४ अर्ब ८१ करोड ३० लाख जापानी येन अनुदान सहायता प्रदान गरेको थियो।


खानेपानी मन्त्री यादवले शुक्रबार एक कार्यक्रमबीच आयोजनाको उद्घाटन गरे। उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत २५ जना व्यक्ति तथा संस्थाहरूलाई आयोजना निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा उक्त आयोजना सम्पन्न गरिएको हो।


आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रको करिब ३ लाख ५० हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछ। पुरुञ्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चार वटा पाइपबाट पोखरासम्म ल्याइएको छ। २० लाख लिटर क्षमताका ३ वटा ट्याङ्की निर्माण गरिएको छ। आयोजनाले पोखरामा दैनिक चार करोड ५० लाख लिटर पानी उपलब्ध गराउने छ। पोखरामा पानी वितरणका लागि १११ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गरिएको छ। १ हजार थान पानीका मिटर तथा ६ हजार धाराका पाइपसमेत जडान गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist