Wednesday, December 11, 2024

आजको मिति: २०८१ मंसिर २६ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पोखरा महानगरपालिकाले समस्याको समाधानका लागि सहजीकरण समिति गठन गर्ने निर्णय

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा महानगरपालिकामा हाल देखा परिरहेका कर्मचारी परिचालन, व्यवस्थापन लगायतका विभिन्न समस्याहरू समाधान गर्न महानगर प्रमुखस्तरको निर्णयबाट एक सहजीकरण समिति गठन गरिएको छ। यस निर्णयको उद्देश्य समस्याहरूलाई गहिरो विश्लेषण गरी उपयुक्त समाधानका उपायहरू पहिल्याउने हो।


समिति गठन गर्ने निर्णय २०८१/०७/२८ मा गरिएको थियो। यस समितिलाई महानगरका कर्मचारी व्यवस्थापन तथा अन्य समस्याहरूको समाधानका लागि ३ दिनभित्र प्रतिवेदन पेश गर्न र आवश्यक सहजीकरण गर्न जिम्मेवारी दिइएको छ।



समितिका सदस्यहरू: १. श्री मोतिलाल तिमिल्सिना, वडाध्यक्ष वडा नं.-२५, प्रवक्ता तथा संयोजक २. श्री देवकृष्ण पराजुली, वडाध्यक्ष वडा नं.-४ ३. श्री बिष्णु प्रसाद बराल, वडाध्यक्ष वडा नं.-५ ४. श्री किरण बराल, वडाध्यक्ष वडा नं.-१३ ५. श्री तोरण वानिया, वडाध्यक्ष वडा नं.-१५ ६. श्री विनोद लामिछाने, न.स. सदस्य, वडा नं.-३० ७. श्री रामचन्द्र आचार्य, न.स. सदस्य, वडा नं.-१६ ८. श्री कृष्ण कुमारी पौडेल, न.स. सदस्य, वडा नं.-२२ ९. श्री डाल्डादेवी भुजेल, न.स. सदस्य, वडा नं.-२८


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले यस समितिको गठनले महानगरमा देखिएका समस्याहरूलाई समाधान गर्न ठोस पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist