Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा-१२ मा शहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

Share on facebook
Share on twitter
Share on linkedin

१२ चैत, कास्की । पोखरा महानगरपालिका-१२ मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ ।


सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले केन्द्रको शिलान्यास गरेका हुन । पहिलो किस्ता ३० लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।


निकै नै जिर्ण अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन पोखरा १२ परीसरमा शिलान्यास गरिएको हो । वडाध्यक्ष निर्वाचित भएको २०/२२ महिना पूरा भएको छ । यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौँ, उनले भने ।



पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्येक्ष रुपमा जोड्नको लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ । स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष  बास्तोलाको भनाइ छ ।



सामान्य विरामी पर्दा पनि शहरका ठुला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामै  स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो, उनले भने । शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम स्थानीयवासीको सहभागिता रहेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist