Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा २४ कि दलित महिला सदस्य माथि अख्तियारको छानबिन

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यलयले पोखरा महानगरपालिका वडा नम्बर २४ कि दलित महिला सदस्य मैया नेपालीमाथी अनियमितताको आरोपमा छानबिन शुरु गरेको छ ।



वडा स्तरीय समितिको नाममा कृषि सामग्री खरिदको भुक्तानीमा आर्थिक अनियमितता गरेको भन्दै नेपालीमाथि छानबिन भएको हो ।
कृषि औजार, प्लास्टिक टनेल र औजार खरिद गर्दा आर्थिक रकम अनियमितता गरेको भन्दै उनिबिरुद्द परेको उजुरीका आधारमा अख्तियारले छानबिन गरेको जनाएको छ ।



अख्तियारले नगर कार्यपालिकाको कार्यलय मार्फत वडा कार्यलयसँग सो बेलाको सम्पुर्ण विवरण माग गरेको छ । माग अनुसार वडा कार्यलयले पोखरा महानगरपालिकालाई सामान खरिद र भुक्तानीका कागजात पठाएको छ । तर उक्त भुक्तानी दिने निर्णय भने नभएको वडा कार्यलयको पत्रमा उल्लेख छ ।



अर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्तरगत नेपालीले रकम निकासा गरेको जनाइएको छ । उनले वडाको साथै किसानसँग पनि रकम उठाएकि थिइन् ।



नेपाली २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist