Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा-४ मा निशुल्क आँखा शिविर २९० जना लाभान्वित

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा महानगरपालिका वडा नम्बर–४ मा निशुल्क आँखा स्वास्थ्य सिविर सम्पन्न भएको छ । आँखा शिविरमा २९० जनाले आखा चेक गरेको सहरी स्वास्थ्य गराएको स्वास्थ केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए।


उनका अनुसार शिविरमा आएका वडावासी मध्य १० जनाको सल्यक्रिया गर्नुपर्ने भएकोले हिमालय आँखा अस्पताल रिफर गरिएको थियो। १४० जनालाई चस्मा प्रदान गरिएको छ । शिविरमा आएका अधिकांसलाई खाँखामा लाग्ने विभिन्न औषधि प्रदान गरिएको छ ।


यसअघि स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले ५० वर्ष माथिका वडावासीलाई मध्यनजर गरेर शिविर राखिएको जानकारी दिए ।


आफ्नो वडाबाट जेष्ठ नागरिक, बालबालिका, युवाका साथै महिला र अपांगता लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका जानकारी दिँदै उनले शिविरमा सहभागी भएर लाभ लिन आग्रह गरेका थिए । आगामी दिनमा समेत यस्ता खालका शिविर लगायतका कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।


वडाध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा सदस्य पार्वती माकाजु, वडासचिव राजुबहादुर कोइराला र सहरी स्वास्थ्य केन्द्रका प्रमुख सुजन पौडेल लगायतले बोलेका थिए ।


पोखरा महानगरपालिका वडा नम्बर-४ को आयोजना, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग, रेडक्रस सोसाइटी वडा नम्बर ४ को समन्वय र सहरी स्वास्थ्य केन्द्र पोखरा ४को व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist