Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले यहि बैशाख अन्तिम सातामा एकिकृत कारोबार गर्ने तयारी

Share on facebook
Share on twitter
Share on linkedin

मुलतः बीमा जीबन, निर्जीवन र पूनर्बीमा गरी ३ प्रकारका हुन्छन् । ती मध्ये मानिसहरूको बीमा जीबन बीमा अन्तगर्त गरिन्छ । त्यस्तैगरि,तीन जीवन बीमा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको तयारी सँगै नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोमा तीन वटा रंगलाई समायोजन गरिएको छ । लोगो भित्रै हिमालयन लाइफ सुरक्षा अटल, भविष्य सबल भन्ने नारा सहितको ब्राण्ड स्लोगन उल्लेख गरिएको छ । लोगोले श्रीमान, श्रीमती र बच्चालाई रक्षावरण गर्ने संकेत प्रदान गर्दछ । जसमा एचएलआई शब्दलाई मिश्रण गरिएको छ।


प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले यहि बैशाख अन्तिम सातामा एकिकृत कारोबार गर्ने तयारी गरेको छ ।


तीन कम्पनीले गत माघमा बराबरी हैसियतमा मर्जर गर्ने अन्तिम सहमितपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा हस्ताक्षर सँगै तीन वटै कम्पनीले साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जर पछि हिमालयन लाइफको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्णले निरन्तरता पाउने छन् । बाँकी दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु डिसिइओ बन्ने सहमति भएका छन् ।


नियामक निकायहरुबाट जति सक्दो छिटो अनुमति आउछ त्यति नै छिटो एकिकृत कारोबार गर्ने तयारीमा मर्जर कमिटी रहेको छ । मर्जरका कारण व्यवसाय प्रभावित बने पछि कम्पनीले सक्दो छिटो मर्जर टुङ्ग्याउने तयारी गरेको हो । मर्जर पछि तीन वटा कम्पनीको कर्मचारी एकै ठाँउमा हुने भएकाले मर्जर अगाडी नै तीन वटै कम्पनीले स्वेच्छिक अवकासको योजना ल्याएका छन् । कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा आकर्षिक गर्न कम्तिमा पनि एक वर्षदेखि २८ महिनासम्मको तलब पाउन सक्ने व्यवस्था गरिएको छ । एकिकृत कारोबार अगाडी नै भिआरएस प्रकृया टुङ्गो लगाउने कम्पनीको तयारी छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist