✍️ अजय क्षेत्री
पोखरा, २८ भदौ
गण्डकी प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाले प्रदेशका किसानलाई कृषि चुन प्रयोग गर्न आव्हान गरेको छ । प्रदेशको माटोमा अम्लीय पन बढेर माटोको उत्पादकत्व घटेको भन्दै प्रयोगशालाले खेती गर्नुभन्दा अगाडी माटोमा कृषि चुन प्रयोग गर्न आव्हान गरेको हो ।
प्रयोगशालाले आफ्नो खेत तथा वारीको माटो परीक्षण गरी सिफारिस गरिए बमोजिम चुना प्रयोग गर्न आग्रह गरेको छ । प्रयोगशाला प्रमुख सुनिल पाण्डेका अनुसार ईच्छुक किसानले यही असोज १५ गतेसम्म माटो जाँच गराई कृषि चुन लिईसक्न सक्नेछन् ।
यसका लागि प्रयोगशालामा रितपुर्वकको निवेदन, माटो परीक्षणको नतिजा तथा सिफारिस पत्र र किसानको हकमा नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने पाण्डेले जानकारी दिए । छनौट भएका किसानले ७५ प्रतिशत अनुदानमा कृषि चुना प्राप्त गर्नेछन् ।
प्रयोगशालाको तथ्याँक अनुसार गण्डकी प्रदेशको कुल खेतीयोग्य मध्ये ६० प्रतिशत माटो अम्लीय रहेको छ । जसका कारण यहाँको उत्पादन प्रत्येक वर्ष घट्दै गईरहेको छ ।