Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

मालिका -७ मा हजुरबाबु र नातिनीको अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट मृ*त्यु

Share on facebook
Share on twitter
Share on linkedin

✍️सुजन आचार्य
म्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ।


मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको हाे भने आठ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक अशोक झाले बताए।


‘दुःखद् घटना घटेको छ’, अभियुक्तलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’, प्रहरी निरीक्षक झाले भने। गम्भीर घाइते अमृता जुग्जाली र प्रियंकालाई हेलिकोप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो।


अभियुक्तले बिहान करिब आठ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ। अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ।


इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ। वृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए।


यता गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले घटनाबाट सिंगो बिम गाउँ स्तब्ध भएको बताए। ‘बिम गाउँ नै शोकमा छ, घाइतेको उपचारमा कुनै पनि कमी हुन दिने छैनौं’ अध्यक्ष गर्बुजाले भने। अभियुक्त परिवारबाट अलग भएर एक्लै बस्ने गरेका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist