Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

याङ्जाकोट बैशाख पुर्णे मेला २०८० को छलफल सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

याङ्जाकोट तमु समाज पोखरामा बैशाख २१,२२ र २३ गते सन्चालन हुन गैइरहेको २५६७ औ बुद्द जयन्ती एवम याङ्जाकोट बैशाख पुर्णे मेला २०८० को बिषयमा व्यापक छलफल सम्पन्न भएको छ।याङ्जाकोट परिवार युके, याङ्जाकोट परिवार हङकङ, याङ्जाकोट परिवार आमेरिका,याङ्जाकोट तमु समाज पोखरा र मिलन युवा क्लब बिच बृहत् छलफल समाप्त भएको छ।बिहान ८:१५ बजे सुचारु भएको कार्यक्रम मध्यान्न १२ बजे मात्र टुङ्गिएको थियो।


याङ्जाकोट तमु समाज पोखरा र मिलन युवा क्लबले संयुक्त रुपमा याङ्जाकोट परिवार युके, याङ्जाकोट परिवार हङकङ र याङ्जाकोट परिवार आमेरिकाबाट पाल्नु भएका उपस्थित सम्पुर्ण प्रतिनिधि ज्युहरुलाइ स्वागत गरेको थियो।कार्यक्रममा सभापति याङ्जाकोट तमु समाज पोखराका अध्यक्ष सुबेदार श्री चन्द्रबहादुर गुरुङ्ग रहनु भएका थिए भने कार्यक्रम सन्चालन समाजका सचिव युवराज गुरुङ्गले गर्नु भएको थियो।सभापतिको स्वागत मन्तव्य पश्चात् कार्यक्रम याङ्जाकोट परिवार युकेलाइ सुम्पेका थिए।तत्पश्चात कार्य तालिका र एजेन्डा सहित सचिव दलबहादुर गुरुङले कार्यक्रम सन्चालन गर्नु भएको थियो।



कार्यक्रममा याङ्जाकोट परिवार युकेका अध्यक्ष श्री बर्तमान गुरुङ्ग, पुर्व अध्यक्ष नन्दबहादुर गुरुङ्ग, क्याप्टेन सुर्यप्रकाश गुरुङ्ग, सल्लाहकार MVO मेजर धनबहादुर गुरुङ्ग,अमर जङ्ग गुरुङ लगायत करिव १५ जना वक्तहरुले आफ्नो धारणा राख्नु भएको थियो भने क्लबका अध्यक्षले हाल सम्मको तयारी बिबरण, सचिवले खेलकुद बिबरण ,आर्थिक संयोजकले आर्थिक कारोबार बिबरण र प्रचार प्रसार संयोजकले मेला advertisement को बारेमा कार्य प्रगती बिबरण सुनाएका थिए।



बैशाख २१ गतेबाट शुरु हुने मेलाको पहिलो दिन प्रमुख अतिथीद्वारा बिधिवत रुपमा औपचारिक उदघाटन हुनेछ।उदघाटन लगत्तै भलिबल खेल साझ सम्म हुनेछ।साँझ ७ बजे देखि नेपाली लोक दोहोरी बिधामा बहुचर्चित राष्ट्रीय लाेकदोहोरी गायक चिज गुरुङ्ग र दोहोरी गायिका मिना लामाको दोहोरी प्रस्तुत हुनेछ।त्यस सङ्ग सङ्गै स्थानिय लोकल कलकारहरुको प्रस्तुती पनि रहनेछ।अन्तमा पोखराको चर्चित पप ब्यान्ड लेकाली ब्यान्डबाट पनि युवाहरुको लागि मनोरन्जनात्मक कन्सर्ट सङ्गै पहिलो दिनको सम्पुर्ण कार्यक्रम समापन हुने कार्य तालिका निर्धारण गरिएको छ।



दोश्रो दिन २२ गते बिहान ८ बजे देखि बास्केटबल शुरु गरि १ बजे सम्म खेलाइनेछ भने अर्को कोर्टमा भलिबल निरन्तर हुनेछ।एक घन्टाको खाजा नास्ता पछि २ बजे नेपाल लगायत सन्सार भर बहुचर्चित लोक गीत सङ्गीत बचाउने अभियनका साङ्गितिक समूह ईन्द्रेणिको लाइभ दोहोरिको प्रस्तुती करिब ६ बजे सम्म रहनेछ।त्यस आवधिमै गाउको लोपन्मुख घाटु, कृष्ण चरित्र, विभिन्न भजन टोलिको पनि प्रस्तुती रहनेछ।बेलुका खाना खाए पछि २२ गते दोश्रो दिनको बेलुका ८ बजे सामुहिक लोक नृत्य प्रतियोगीता रहनेछ।यसरी दोश्रो दिनको समय तालिका निर्धारण गरिएको छ।


तेश्रो तथा मेलाको अन्तिम दिन बाकी भलिबल सम्पन्न गरि बास्केटबलको फाइनल खेलाइ भलिबलको फाइनल पश्चात् सबैको चासो र आकर्षकको अर्को खेल छेलो शुरु हुनेछ।त्यसपश्चात पुरस्कार बितरण सङ्गगै कार्यक्रम समापन हुनेछ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist