✍️ अजय क्षेत्री
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि जारी अनुसन्धान ५० दिन पार भएको छ। यो अवधिमा उनलाई विभिन्न स्थानमा लगेर बयान लिने र अनुसन्धान गर्ने क्रम जारी छ। प्रहरीले लामिछानेमाथि गम्भीर आरोप लगाउँदै अनुसन्धानलाई थप बलियो बनाउन विभिन्न म्याद थप गर्दै आएको छ।
अनुसन्धानको क्रममा मुख्य मिति र घटना :
१. कार्तिक २: रवि लामिछानेलाई काठमाडौँबाट पक्राउ।
२. कात्तिक ८: कास्की जिल्ला अदालतबाट दोस्रो पटक सात दिन म्याद थप।
३. कात्तिक २०: तेस्रो पटक १० दिन म्याद थप।
४. कात्तिक २५: चौथो पटक १३ दिन म्याद थप।
५. कात्तिक २५: पोखराबाट भैरहवा लगेर बयान।
६. मङ्सिर ९: पाँचौँ पटक १५ दिन म्याद थप।
७. मङ्सिर १३: पोखराबाट काठमाडौँ लगेर बयान।
८. मङ्सिर १८: काठमाडौँबाट चितवन लगेर बयान।
९. मङ्सिर २३: छैटौँ पटक चार दिनका लागि म्याद थप।
१०. मङ्सिर २४: पोखराबाट पर्सा लगेर बयान।
अनुसन्धानमा नयाँ चरण :
रवि लामिछानेमाथि लागेको आरोप र घटनामा संलग्नताको विस्तृत अध्ययनका लागि प्रहरीले विभिन्न जिल्लाका प्रहरी कार्यालय र अदालतमा बयानको प्रक्रिया अघि बढाएको छ। कास्की जिल्ला अदालतबाट म्याद थप्दै आएका प्रहरीले अनुसन्धानलाई थप गहिराइमा लैजाने प्रयास गरिरहेको छ।
यो लामो अनुसन्धानले रवि लामिछानेमाथि लागेको आरोप र कानुनी प्रक्रियामा आम जनताको चासो बढाएको छ। अबको अनुसन्धानले घटनाको वास्तविकता उजागर गर्नेमा सबैको ध्यान केन्द्रीत छ।