Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

राईपुर पाेखरा सम्पर्क समाजकाे अध्यक्षमा याम बहादुर शाही

Share on facebook
Share on twitter
Share on linkedin

✍️अमृत कुमार भट्टराई
राईपुर पाेखरा सम्पर्क समाजले २०८०काे भित्तेपात्राे क्यालेन्डर विमाेचन,शुभकामना आदानप्रदान साथै पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबारका दिन सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लागन्डकी नगरपालिका वडा नं ११ का अध्यक्ष शालिकराम भट्टराईले राईपुर पाेखरा सम्पर्क समाजले गरेकाे काम उल्लेखनीय रहेकाे साथै अझै व्यक्तिगत र संस्थागत सहयाेग गर्ने प्रतिबद्धता गर्नुभयाे ।



कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष  मीन प्रसाद  भट्टराईले राईपुर पाेखरा सम्पर्क समाजले गरेका कामकाे बारेमा कुरा राख्नुभयाे ।कार्यक्रममा आजिवन सदस्य डा.हरि पाैडेल,संस्थाका उपाध्यक्ष याम बहादुर शाही,मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव राजन भट्टराई,तनहुँ पाेखरा सम्पर्क समाजका निवर्तमान अध्यक्ष अम्बिका भट्टराई,पुष्पा पाेखरेल ढकाल र मित्रबन्धु शर्मा भट्टराईले आफ्नो धारणा राख्नुभएको हाे ।



राईपुर पाेखरा सम्पर्क समाजकाे पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा याम बहादुर शाही,उपाध्यक्षमा माेहन भुजेल,सचिवमा शम्भु पौडेल,सहसचिवमा हरिकृष्ण भट्टराई र काेषाध्यक्षमा नारायण प्रसाद भट्टराई  सहित १३ सदस्यीय कार्यसमिति निर्वाचित हुनुभएकाे हाे ।



कार्यक्रमको संचालन संस्थाका सचिव भाेजराम शर्मा भट्टराईले गर्नुभएको हाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist