Saturday, January 18, 2025

आजको मिति: २०८१ माघ ५ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

राम्चेली गडाभाई तमु समाज पोखराले मनायो ल्होसार, औ बहादुर गुरुङ अध्यक्षमा चयन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा-स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराले नयाँ नेतृत्व चयन गर्दै तमुहरुको महान पर्व ल्होसार भव्यताका साथ मनाएको छ।


भमरकोट पार्टी प्यालेसमा सम्पन्न समाजको १८ औं साधारण सभा तथा छैटौं अधिवेशनले औ बहादुर गुरुङलाई अध्यक्षमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा दुर माया गुरुङ, द्वितीय उपाध्यक्षमा बल बहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सहसचिवमा सुवेदार भिम बहादुर गुरुङ र निर्मला गुरुङ चयन भएका छन्।


त्यसैगरी, कोषाध्यक्षमा क्याप्टेन चम बहादुर गुरुङ, सहकोषाध्यक्षमा हरि प्रसाद गुरुङ तथा सदस्यहरुमा चीन माया गुरुङ, जमान गुरुङ, ठग बहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ रहेका छन्।


अधिवेशनको निर्णायक मण्डलमा संस्थापक अध्यक्ष ओम बहादुर गुरुङ संयोजक तथा निवर्तमान अध्यक्ष भुपेन गुरुङ र संस्थापक सचिव आशिष गुरुङ सदस्य रहेका थिए।


ल्होसार मनाउँदै एकता र संस्कृतिको संरक्षणमा जोड


समाजले तमुहरुको महान पर्व सप्र्ही ल्होसार २०८१ भव्यताका साथ मनाएको छ। कार्यक्रमका क्रममा शुभकामना आदानप्रदान, चेलीबेटी भेटघाट र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।


समाजका निवर्तमान अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ओम बहादुर गुरुङ प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उनले नौ सदस्यबाट स्थापना भएको संस्था आज बृहत रूपमा अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै समाजलाई अझै एकताबद्ध र सक्रिय बनाउनुपर्नेमा जोड दिए।


प्रथम उपाध्यक्ष औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने पच्यु चिवा मोहन गुरुङले आशिमलाँ (परम्परागत शुभकामना) दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, उत्कृष्ट विद्यार्थी, र इन्डियन आर्मीबाट सेवानिवृत्त व्यक्तिहरुलाई सम्मान गरिएको थियो।


आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत


कोषाध्यक्ष क्याप्टेन चम बहादुर गुरुङले आर्थिक प्रतिवेदन तथा सचिव दिल माया गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा राम्चेली तमुहरुको एकता, संस्कृति संरक्षण र समाजको आर्थिक तथा सामाजिक योगदानका विषयमा विशेष छलफल गरिएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist