Friday, July 26, 2024

आजको मिति: २०८१ श्रावण ११ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

रेडियो जननीले टिकटक मार्फत कविता प्रतियोगिता गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

रेडियो जननी ९०.६ मेगाहर्जले माता तिर्थऔँसीको अवसरमा टिकटक मार्फत कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।


पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा कविता प्रतियोगिताको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो ।


भट्टराईका अनुसार सहभागीले आगामी चैत्त २४ गते शुक्रवारदेखि वैशाख ३ गते अपराह्न ५ बजेसम्म आफ्नो कविता वाचन गरी रेडियो जननीको टिकटकमा ट्याग गर्नुपर्दछ । कविताको नतिजा वैशाख ५ गते रेडियो जननीले आयोजना गरेको “मातातिर्थ औँसीको महत्व” विषयको परिचर्चा कार्यक्रमको दिनमा सार्वजनिक गरिने भट्टराईले बताउनुभयो ।


प्राप्त कविताहरुवाट निर्णायकहरुले प्रथम, द्धितिय र तृतीय छुट्याउने रेडियोले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, द्धितिय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ५ हजार नगद रहेको कार्यक्तम संयोजक तथा रेडियोका कार्यक्रम प्रमख सबु पाठकले बताउनुभयो ।


पाठकका अनुसार कविता कुनैपनि पुस्तक वा पत्रपत्रिकामा नछापिएको हुनुपर्ने, कुनै जात, धर्म, राजनितिक विषयलाई नछोइएको हुनुपर्ने, कविता आमा शिर्षकमा हुनुपर्ने, अनिवार्य रुपमा ह्यासट्याग रेडियो जननी प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा रेडियो जननीको टिकटक एकाउण्टलाई फलो गरेको हुनुपर्ने छ ।
✍️उमा आलेमगर


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist