Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

लक्ष्मी आवासीय माध्यमिक विद्यालयको अभिभावकमुखीकरण कार्यक्रम

Share on facebook
Share on twitter
Share on linkedin

न्युरोड –८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयले ‘बालबालिका शिक्षा चौतर्फी विकास र हाम्रो भुमिका’ तथा अभिभावकमुखीकरण कार्यक्रम थ्रि स्टार टिचर एजुकेशन सेन्टरको सहकार्यमा समापन गरेको छ ।


बालबालिकाको सिप तथा क्षमता विकासको लागी व्यवहारी शिक्षामा जोड दिने कार्यक्रममा अभिभावक जागरण साथै पुरानो शिक्षा प्रणाली अनुसार नभई एक्काईसौ शताब्दि अनुसारको शिक्षा दिईने उद्देश्यले कार्यक्रम संचालन भएको हो ।


लक्ष्मी आवसिय माध्यमिक विद्यालयको शिक्षालाई गुणस्तर बनाउने र दुई वर्ष भित्र विद्यालयलाई उत्कृष्ट बनाउने उद्देश्य राखेको विद्यालयका प्रचार्य डा. विश्व युधिर पौडेलले बताए । उनले पुर्व प्राथमिक तहको शैक्षिक पद्धति परिवर्तन गर्ने र बालबालिकाहरुलाई बोझ नहुने तरिकाले खेलको माध्यमबाटनै शिक्षा प्रदान गर्ने बताए साथै नया पद्धतिको शैक्षिक विधि, नयाँ सिकाई, न्युनतम शुल्कमा शिक्षा दिने र काठमाडौंका महंगो विद्यालय सरहको शिक्षा दिने उद्देश्य रहेको पनि बताए ।


अबको बालबालिकालाई घोकन्ते विद्याले काम नगर्ने र हामीले हिजो सिकेका शिक्षा सिकाउनु अपराध हो । बालबालीकाको चौतर्फी विकासका लागी भोलीको शिक्षाको आवश्यकता पर्ने र भोलीको शिक्षा दिनको लागी तयार रहेको विद्यालयका प्राचार्य पौडेलले जानकारी दिए ।


लगभग सय जना अविभावक उपस्थिति रहेको उक्त कार्यक्रममा प्रि. प्राइमरी तहबाट सुरुवात गरि हातोमाले गर्दै अगाडी बढ्ने र अविभावकहरुसंग सहकार्य गर्दै शिक्षाको गुणस्तरलाई अगाडी बढाउने पनि जनाएको छ ।


कार्यक्रममा उपस्थित भएका केही अभिभाकहरु बोल्दै, कार्यक्रमले बालबालीकाहरु प्रति राम्रो सिक दिएको र बालबच्चाहरुलाई कसरी क्षमता वृद्धि विकास गराउने भन्ने बारे चेतनाको अभिवृद्धि रहेको कुरा बताएका छन् र विद्यालयका यस्ता कार्यक्रमहरुबाट अभिभावकहरुले बालबालिको सिकाइमा आफ्नो अह्म भुमिकाका बारेमा बुझ्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै विद्यालयको अझ प्रगतीको कामना गर्दै कार्यक्रम समापन गरेको हो ।


कार्यक्रमका संचालक थ्रि स्टार टिचर एजुकेशन सेन्टरका म्यानेजर प्रदिप पराजुलीले गरेका हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist