✍️ विवेक न्यौपाने
“न्यानाे बाढाैं ल्होसार मनाऔं” भन्ने मुल नाराका वार्षिक कार्यक्रम अन्तर्गत चिउली पाचे तमु समाज आमा समितिले फिर्के तमु समाजलाई सिरक/ब्याङकेट आगामी पुस ८ गते वितरणका लागि हस्तान्तरण गरेकाे छ ।
फिर्के तमु समाजको सहजीकरणमा चिउली पाचे तमु समाजले एकचालिस हजार पाँच सय रुपैँया बराबरको जम्मा तीस/तीस थान सिरक र ब्याङकेट गोर्खाको ईच्छाकामना गाऊँपालिकाको चेपाङ बस्तीमा तमु ल्होसारको उपलक्ष्यमा वितरण गरिने चिउली पाचे आमा समुहकी उपाध्यक्ष विष्णु गुरुङ्गले जानकारी दिनुभयो।