Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

Share on facebook
Share on twitter
Share on linkedin

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् ।


भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालन गरिएको थियो । हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो ।



स्वास्थ्य जाँचबाट विरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ । यस्तै मधुमेह, उच्च रोगहरु बोकेर हिडेको तर, जानकारी नभएको समेत पाइएको अधिकृत भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचपछि जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिईने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।



भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । भरतपुवासीलाई प्रत्यक्ष महशुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रमुख दाहालको उहाँको भनाइ छ । जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएकोे हो,’ प्रमुख दाहालले भन्नुभयो ।



मंसिर २० गते भरतपुर वडा नम्बर २४ बाट समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा उपचारको व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सकिने महानगर स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।


अभियानले भरतपुरमा रहेका जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क संकलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउदाँ धेरै सहयोग पुग्ने प्रमुख सुवेदीले बताउनुभयो । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा. भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist