✍️ सागर गिरी
पोखरा,पोखरा-१७, बिरौटामा अवस्थित सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम ठकुरी समाज, डेबिज फलमा आयोजना गरिएको थियो।
साधारण सभाको सन्चालन संस्थाका सचिव भुवानी प्रसाद भट्टराईले गरेका थिए भने सभाको अध्यक्षता संस्थाका अध्यक्ष तारानाथ पौडेलले गरे। सहकारी सिद्धान्त बाचन शिक्षा उपसमितिका संयोजक नर नाथ बरालले गरेका थिए। उपाध्यक्ष नारायण दत्त सुबेदीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सभाको उद्घाटन गरेका थिए। सभामा अध्यक्ष तारानाथ पौडेलले अध्यक्षीय प्रतिबेदन प्रस्तुत गरे।
सभामा शुभकामना मन्तव्य राख्नेहरूमा कोप्सका केन्द्रीय अध्यक्ष डिल्लीराम बराल, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छ्बीलाल लामिछाने, शीतल साकोसका उपाध्यक्ष युवक लामिछाने, सल्लाहकार झपिन्द्र राज रेग्मी र ईश्वरी ढकाल तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुबेदी रहेका थिए।
बन्द सत्रका गतिविधि
बन्द सत्रमा अध्यक्षीय प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन, लेखा समितिको प्रतिबेदन र लेखापरीक्षण प्रतिबेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरियो।
सम्मान कार्यक्रम
सभाका अवसरमा उत्कृष्ट कारोवारकर्ताहरू र कर्मचारीलाई सम्मान गरिएको थियो।
उत्कृष्ट कारोवारकर्ताहरू:
१. कृष्ण प्रसाद ढकाल
२. नर बहादुर पौडेल छेत्री
३. बिक्रम बहादुर थापा
४. दुर्गा कर्की
उत्कृष्ट कर्मचारीको सम्मान ऋषि माया थापा आलेले प्राप्त गरिन्।
विद्यार्थी सम्मान
संस्थाले प्रतिभाशाली विद्यार्थीहरूलाई पनि सम्मानित गरेको थियो। सम्मानित विद्यार्थीहरू:
१. भुवन बराल
२. सञ्चिता के.सी
३. जोनिसा पौडेल
४. संयोग बस्याल
५. अनुजा शर्मा
साधारण सभाले सहकारी सिद्धान्तमा आधारित सफल कार्यहरूको प्रतिबद्धता जनाउँदै आगामी दिनमा थप प्रगतिका लागि योजना बनाएको छ।