✍️ अजय क्षेत्री
श्री सिर्जना आवासीय माध्यमिक विद्यालय पोखरा २६ कास्कीकै फरक क्षमता भएका विद्यार्थी पढ्ने विधालय हो ।
देश भरका ४६ जिल्लाबाट बिद्यार्थीहरु आएर पढ्ने आवासीय यस माथीमा पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्षको व्यक्तिगत तर्फबाट महिला र पुरुष छात्राबासको लागि इलेक्टि्रक गिजर विधालयलाई हस्तान्तरण गरिएको छ ।
वडा कार्यालयको नै पहलमा केही भौतिक पुर्वाधार निर्माणका कामहरु पनि भईरहेका छन। विशेष प्रकृतिको यस विद्यालयलाई थप गुणस्तरीय बनाउन हाम्रो वडाले कुनै कसर नराख्ने अध्यक्ष थापाले बताए ।
अपाङ्गताको क्षेत्रमा अझै प्रभाबकारी ढङ्गबाट कार्यक्रमहरु संचालन गर्नका लागि र अपाङ्गहरुलाई सिपमुलक तालिमदेखि लिएर उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर गम्भिरतापुर्वक छलफल गरिएको,फरक क्षमता भएका नागरिकहरुलाई निर्धक्क भएर बाँच्ने परिस्थितिको निर्माण गर्न वडा तयार रहेको ,हाम्रो वडामा कोहि पनि हेपिएर चेपिएर बस्नुनपर्ने र सबैले गर्वगर्न लायक वडा निर्माण गर्नु हामी सबैको दायित्व रहेको अध्यक्ष थापाले समानान्तर मिडियालाई बताए ।
हामिले बिकासको परिभाषालाई केही फेर्नुपर्छ भन्ने मान्यता लिएर युवा मैत्री वडा, बालमैत्री वडा , अपाङ्ग मैत्री ,बृद्बबृद्धामैत्री ,ब्यबसायीमैत्री ,किसान र बिपन्न मैत्री वडा निर्माण गर्नु हामी सबैको दायित्व हो । अबको उज्यालो बाटोतर्फको यात्रामा हामीले हाम्रो वडालाई सुदृढीकरण गर्नुपर्ने बताए ।