Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

`सरूमा चुल्हो एण्ड बार´ले बैशाख २० गते ग्रान्ड ओपनिङ गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

✍️विवेक न्याैपाने
देशकै एक परिचित,लाेकप्रिय तथा पर्यटकीय ठाँउ हो पोखरा शहर । घुमफिरमा रुची राख्नेहरुले कुनै न कुनै दिन यस ठाउँलाई आफ्नो गन्तव्य बनाउने सपना बुनेका हुन्छन् । पोखरामा फरक तरिकाले स्वादका पारखीहरूलाई सन्तुष्टी दिने उद्देश्यले बिनु गिरी र बसन्ती बास्तोलाले सुरु गरेका छन् ‘सरुमा चुल्हो एण्ड बार’ ।


पोखराको मुटु मानिने न्यूरोड तेस्मा पनि सभागृह चाेक विशेष मानिन्छ सभागृह हलकाे ठीक अगाडी मिडटाउन ग्यालरी छ जुन पाेखराकाे मुख्य व्यवसायिक भवन हाे ।मिडटाउनकाे पार्किङ क्षेत्रकाे ठिक अगाडि छ `शरूमा चुल्हो एण्ड बार´ ।


जीवनका पृष्ठभूमिका हिसाबले बिनु र बसन्ती फरक–फरक क्षेत्रमा काम गर्दै अगाडि बढेका व्यक्ति हुन् । बिनुले केही वर्षको अस्थायी सरकारी जागिर छाडेर रोजगारका लागि जापान गइन् । झण्डै एक दशक लामो जापान बसाइपछि नेपालमा नै व्यवसायिक जीवन सुरु गर्ने उद्देश्यले उनी एक वर्ष अगाडी मात्रै नेपाल फर्किएकी हुन् ।


त, कलेजको पढाईसँगै बसन्तीले पत्रकारिताबाट आफ्नो व्यवसायिक जीवन सुरु गरिन् । अन्य विभिन्न सहायक कामहरुसँगै अहिलेपनि पत्रकारितालाई उनले आफ्नो मुख्य पेसा बनाइरहेकी छन् । बिनु र बसन्ती स्वभाव र जीवनशैलीका हिसाबले आधुनिक पुस्ताका महिलाका रूपमा प्रस्तुत छन् ।उनीहरूकाे सम्बन्ध करिब २५ वर्ष लामाे रहेकाे बताउछन् ।


‘सरुमा’ एउटा पुरै घरमा सञ्चालन गरिएको छ । रेष्टुरेन्टको गेटबाट प्रवेश गर्नेवित्तिकै सजिसजाउ बगैंचा जस्तो परिवेशले ग्राहकलाई स्वागत गर्छ । रेष्टुरेन्टको भवनभित्र प्रवेश गर्नुअगाडि नै कफी बार निर्माण गरिएको छ । बाहिरी वातावरणमा नै बसेर कफी पिउन तथा खाजा खान चाहनेहरु बाहिर नै बसेर लिन सकिन्छ । ‘सरुमा’ले रेष्टुरेन्टलाई बालमैत्री होस् भन्ने हिसाबले भुईंतलाको बगैंचा र टपमा झुलन कुर्चीहरुको व्यवस्था पनि गरेको छ ।


`सरूमा´२०७९ सालकाे कार्तिक महिना लक्ष्मीपुजाका दिन अनाैपचारिक उद्घाटन गरेका हुन । अजै पृथक तथा औपचारिक हिसाबले वि.स.२०८० साल बैशाख २० गते गर्ने निधो गरेका छन् ।बैशाख २० गते अनाैपचारिक उद्घाटन भएपनि खाना र खाजाकाे लागि सधै खुला छ `सरूमा´ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist